सीमावर्ती क्षेत्रमा आइपी क्यामेरा

0
371

logo-of-purwanchal

लाम, पुस ३० । इलाम र झापाको सीमावर्ती क्षेत्रमा पर्ने सुनमाईमा प्रहरीले आइपी (इन्टरनेट प्रोटोकल) क्यामेराबाट चौबिसैघण्टा मेची राजमार्गको सुरक्षा निगरानी गर्न सुरू गरेको छ ।

सो क्षेत्रमा सवारीसाधन रोकेर आपराधिक समूहले लुटपाट गर्ने क्रम बढ्न थालेपछि आइपी क्यामेराबाट अनुगमन थालिएको हो ।

त्यहाँबाट इलाम हुँदै दैनिक ३०० भन्दा बढी सवारीसाधन पाँचथर, ताप्लेजुङ तथा झापा, काठमाडौँतर्फ आवतजावत गर्ने गर्छन् ।

त्यसक्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न र इलाम भित्रने पर्यटकलाई सुरक्षा प्रदान गर्न आइपी क्यामेरा जडान गरिएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताउनुभयो ।

सुनमाईमा लुटेरा समूहले यात्रुवाहक सवारीसाधन रोकी यात्रुलाई लुटपाट गर्ने क्रम नरोकिएपछि आइपी क्यामेरा जडान गरिएको दाहालले जानकारी दिनुभयो ।

होटल एसोसिएसन, पूर्वेली ट्याक्सी व्यवसायी सङ्घ, इलाम उद्योग वाणिज्य सङ्घको रु एक लाख ७३ हजारमा क्यामेरा जडान गरी प्रहरीको जिम्मा लगाइएको होटल एसोसिएसन इलामका अध्यक्ष टीका ओडारीले बताउनुभयो ।

मेची पहाडी पर्यटन विकास समितिले पनि सुनमार्ईमा निर्माण भएको स्वागतद्वारमा क्यामेरा जडान गरेको थियो ।

सुनमार्ईमा निर्मित पर्यटन सूचना केन्द्रमा अहिले आइपी क्यामेराबाट प्रहरीले यात्रु तथा पर्यटकमाथि हुने गतिविधिका बारेमा नियमित अनुगमन गर्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here