‘डाबासेपामा’ धाममा तीन लाख ५५ हजार बढीको पूर्वाधार निर्माण कार्य सम्पन्न

0
882

अमित खम्बू, अर्जुनधारा ।

प्रदेश सरकारबाट विनियोजित बजेटसँगै दाताहरुको सहयोगमा प्राप्त नगद तथा जिन्सीबाट अर्जुनधारा–७स्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाम क्षेत्रमा पूर्वाधार निर्माण कार्यक्रम अन्र्तगत विभिन्न कार्यहरु सम्पन्न भएको छ ।

धाम संरक्षण समितिका अनुसार गत असोज १ गते विश्वकर्मा पुजाको सन्दर्भमा प्रदेश नं. १का सांसद् वृख प्रधानबाट निर्माण हुने धामको मुख्य प्रवेशद्वारको शिलान्यास गरि सुरु भएको उक्त कार्यक्रम अन्र्तगत कम्पाउण्ड वाल प्लाष्टर गर्ने, प्रवेश मार्गमा प्लम निर्माण, पाथीभरा माताको पुजा स्थलमा दुधकुण्ड निर्माण, कम्पाउण्ड वाल रंगरोगन, परिसर क्षेत्रमा रहेको जमिन सम्याउने कार्य भएको बताइएको छ ।

प्रदेश नं. १को प्रदेश निर्वाचन विशेष कार्यक्रमबाट एक लाख रुपैयाँसहित जम्मा तीन लाख ५५ हजार तीन सय ८६ रुपैयाँको लागतमा उक्त कार्यहरु सम्पन्न भएको समितिकी कोषाध्यक्ष रुपा मगरले जानकारी दिइन् । उनको अनुसार बाँकी स्रोत दाताहरुबाट एक लाख ५१ हजार तीन सय ६१ रुपैयाँ नगद र एक लाख चार हजार २५ रुपैयाँ बराबरको जिन्सी प्राप्त भएको थियो ।

नगदतर्फ केदार पराजुलीबाट १५ हजार, ऐतराज नेम्वाङ “सन्तोष”बाट १२ हजार, विजय साङपाङ राईबाट पाँच हजार, कृष्ण नेपालबाट चार हजार, कुसुम राईबाट तीन हजार, गंगादेवी कटुवालबाट १६ सय ५५ रुपैयाँ, चन्द्रकला राईबाट १५ सय ५५ रुपैयाँ, भूपा राईबाट १५ सय ५१ रुपैयाँ र हरि कार्कीबाट छ सय रुपैयाँ प्राप्त भएको थियो ।

त्यसैगरी जिन्सीतर्फ तिवेन्द्र अधिकारीबाट कम्पाउण्ड वाल र मुख्य प्रवेशद्वारमा रंगरोगन गर्न रंगसहित आवश्यक सामग्री, गोविन्दप्रसाद खतिवडाबाट फलामको गेट, इन्द्रबहादुर मगरबाट एक बण्डल रड, चेम्बर अफ कमर्स अर्जुनधारा शाखाबाट १३ बोरा सिमेन्ट, कुमार र तुलसा उप्रेती दम्पत्तीबाट १० बोरा सिमेन्ट, नरेश श्रेष्ठ र सुवास खड्काबाट १० बोरा सिमेन्ट, अर्जुनजंग थापाबाट छ बोरा सिमेन्ट, बमबहादुर नेम्वाङबाट पाँच बोरा सिमेन्ट र कालिका हार्डवेयरबाट तीन बोरा सिमेन्ट प्राप्त भएको थियो ।

त्यस्तै गोविन्द तामाङबाट एक ट्रयाक्टर मिक्स गिटी र एक ट्रयाक्टर फिनिसिङ बालुवा, थर्क मगरबाट एक ट्रयाक्टर मिक्स गिटी र एक ट्रयाक्टर फिनिसिङ बालुवा, मंगलश्री क्रसर उद्योगबाट आधा ट्रयाक्टर सिलिकन, टंकबहादुर मगरबाट दुई ट्रयाक्टर मिक्स गिटी र लासाङ तामाङबाट दुई ट्रयाक्टर मिक्स गिटी प्राप्त भएको थियो ।


यता दाताहरु अर्जुन मेचे, चिरञ्जिवी खवास र तेजबहादुर तामाङको संयुक्त सहयोगमा धामको कम्पाउण्ड वालमा १० हजार रुपैयाँ बराबरको ९४ मिटर स्टिप लाइट जडान भएको समितिका सचिव रोशन नेम्वाङले जानकारी दिए ।

देशकै पहिलो डाङग्रे बाबाको पुजा स्थलसहित माता पाथीभरा, सेतीदेवीलगायत विभिन्न देवीदेवताहरुको पुजा स्थल रहेको उक्त धाम क्षेत्रमा आगामी दिनमा धामलाई आवश्यक थप जमिन खरिद गर्ने, मन्दिर निर्माण गर्ने, धाम प्रवेश गर्ने दुवै प्रवेश मार्गमा प्रवेशद्वार र रेलिङ निर्माण गर्ने, धाम प्रवेश र परिक्रमा मार्गमा पेबर्स ओछ्याउने, भवन, भक्तजनहरुको लागि सुविधा सम्पन्न शौचालय, पक्की चौतारालगायत निर्माण गर्ने लक्ष्य समितिको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here