झिलझिलेमा साहसिक खेल ‘जिपलाइन’ सुरु

२७ कार्तिक २०७७, बिहीबार मा प्रकाशित
  • 26
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

झिलझिले,

Advertisement

पूर्वमा दोश्रो पटक साहसिक खेल ‘जिपलाइन’ सुरु हुने भएको छ । १ नम्बर प्रदेशको भेडेटार-धरान पछि झापाको शिवसताक्षी नगरपालिका झिलझिलेमा यो खेल सुरु हुने भएको हो । शिवसताक्षीको वाटर किङडम पार्क एण्ड रिसोर्ट प्रालिले ‘जीपलाइन’ अर्थात डोरी मा झुन्डिएर खेलिने खेल संचालनको तयारी गरेको हो ।

यो बन्जी जस्तै साहसिक खेल हो । प्याराग्लाइडिङ पछिको यो साहसिक खेल मानिन्छ । जिपलाइन सुरुमा डर लागेपनि पछि मज्जा आउने गरेको परिक्षण मा सहभागी भएकाले वताए । वाटर किङडम पार्कमा तीन प्रकारका साहसिक खेल ‘जीपलाइन’ रहेका छन् ।

कम्पनीका मालिक राजकुमार संग्रौलाका अनुसार एकजना मात्र खेल्न मिल्ने गरि क्लासिक ‘जीप लाइन’ , दुई जना एकै पटक खेल्न मिल्ने कप्पल ‘जीपलाइन’ र सुतेर अनि हात फिजाएर खेल्ने सुपरम्यान गरि तीन प्रकारको साहसिक खेल संचालनमा ल्याउने तयारी छ । सुपरम्यान नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य विनोद सापकोटाले सफल परीक्षण गरेका थिए ।

झापामा आन्तरीक तथा वाहिय पर्यटकहरुको आफ्नै रोजाई र इच्छा का आधारमा ‘जीपलाइन’ को मज्जा लिन सकिने गरि निर्माण भएको संचालक संग्रौलाले बताए । पार्कमा १ सय ३५ मिटरको लामो जिपलाईन का लागि डोरी झुण्डयाइएको छ । जमिनको सतहदेखी ५८ फिटको उचाईबाट करिव ३८ सेकेण्डमा एउटा टेक अप एरिया बाट अर्को एरिया सम्म पुग्न सकिन्छ । जिपलाइनका प्राविधिक नविनका अनुसार झिलझिलेमा निर्माण भएको जीपलाइनले ८ हजार किलोग्राम सम्मको वजन सहजै थाम्न सक्छ । फ्रान्स र ईटालीमा निर्माण भएका जीपलाईनका उपकरणहरु पार्क भित्र फिटगरिएको छ । प्राविधिक नविनले भने ‘खतरा हुने चान्स १ प्रतिशत पनि रहन्न ।’

संचालक संग्रौलाका अनुसार चिल्ड्रेन पार्क, वाटर पार्क, पार्टी प्यालेस, सबै उमेर समूहका लागि स्वीमिङ्ग पुल, डान्स वाटर पार्क, आकर्षक गुफा लगायतका संरचना पार्कमा निर्माण भएका छन् । २३ करोडको लगानीमा निर्माण भएको पार्कमा पर्यटकको आवासका लागि ४४ वटा आकर्षक कोठाहरु छन् । पार्कमा निर्माण भएका सबै भवन भूकम्प प्रतिरोधात्मक हुन। पार्क को लगानी संग्रौलाको एकलौटी हो ।

स्वीमिङ्ग पुल, वेभ पुल, स्लाइडिङका ५ आईटम र सावर डान्स पनि पार्कभित्र छन् । पानीद्वारा सञ्चालन हुने संरचना भारतीय कम्पनीले निर्माण गरेको हो । वाटर पार्क भित्र भेज एण्ड नन भेज होटल संचालन हुने छ ।

लकडाउनका कारण स्थगित गरिएको पार्कको उद्धघाटन तीहारको लक्ष्मी पुजाका दिन गरिने संचालक संग्रौलाले बताए । नेपालका विभिन्न ठाउँबाट वाटर स्लाइड को मज्जा लिन भारत को सिलिगुडी सम्म पुग्ने त्यसका पारखीले एउटा छाना मुनि धेरै सुविधा पाउने सञ्चालक सङ्ग्रौलाले दाबी गरेका छन् । बन्दा बन्दीका कारण संरचना निर्माण र उद्घाटन ढिला भएको सञ्चालक सङ्ग्रौलाले बताए । पार्कमा काउन्टर नखुले पनि सर्वसाधारण ले मज्जा भने लिन थालेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here