आत्मानुशासन कायम गरौं

२७ कार्तिक २०७७, बिहीबार १४:२३ मा प्रकाशित

नेपाल कोरोना भाइरसले संक्रमण अति उचच हुने देशको सूचीमा परेको समाचारले नेपालीलाई अझै छुन सकेको छैन । अझै नेपालीको दिनचर्या पूर्ववत् छ अर्थात् अनावश्यक भीडभाड कम हुने, ‘आउजाउ’ रोकिने अवस्था बनिएको छैन । हुँदाहुँदा पाहुना लाग्ने, घुमफिर गर्ने, अस्वस्थ हुँदाहुँदै पनि सार्वजनिक भइरहने क्रम रोकिएको छैन । झापा पूर्वी नेपालको अति प्रभावित जिल्लामा परिसकेको सन्दर्भले झापालीमा चिन्ता देखिएको छैन । हुँदाहुँदै सरकारका तर्फबाट बाध्यात्मक उपचार छाडेपछि त बढ्न थालेको भीडभाडले कोरोनाको संक्रमण लाग्छ सबै परिवारमा प्रवेश गरिसकेको छ । सरकारले रोकथाम, नियन्त्रण र उपचारबाट हात झिकेपछि जनतामा निराशा मात्र आएन लापरवाही गर्ने क्रम पनि बढेर गयो । स्वास्थ्य सेवाको पहुँच जनताको संविधान प्रदत्त अधिकार भएको भन्दै सरकारले त्यसको प्रत्याभूत गर्नुपर्ने अदालतको आदेश पछि भने सरकार कोरोना परीक्षण र उपचार गर्न बाध्य बनिएको छ ।

Advertisement

उपचार नै नभएको भाइरसको महाव्याधी व्यापक भइसकेको छ । झापामा पनि लक्षणसहितको विरामीको संख्या दिनहुँ बढ्ने क्रममा छ भन्ने मृत्यु हुनेको संख्या पनि बढ्दै छ । औषधि नै नभएकोले उपचार असम्भव जस्तै हुँदा संक्रमणको पहिचान नै हुन छाडेको छ । झापामा भएको एकमात्र कोभिड विशेष अस्पताल मेचीमा विरामी बस्नै नरुचाउने कारण नै सेवाको अभाव हो भनिन्छ । जनशक्ति, उपकरण र स्वास्थ्य सामग्रीको अभावमा अस्पतालले विश्वासयोग्य सेवा प्रवाह गर्न नसक्नु स्वभाविक नै हो । यस्तोमा प्रत्येक नागरिकले स्वयम्ता चेतना जाग्रत गर्नुपर्छ तर ‘नमरी स्वर्ग देखिन्न’ भने जस्तै आफूलाई नपरी कोही पनि नचिन्ने मानसिकतामा छन् । यसले कोरोना कहर त्रास मात्र होइन, जीवन हरण गर्ने कारण बनाइरहेको छ ।

विश्वका ठूला र समृद्ध भनिने देशहरुले झण्डै एक वर्षको समय उपचारको पद्धति र औषधिको खोजमै खर्च गरिसकेका छन् । अझै भरपर्दो उपचार दिन नसकिरहेको अवस्थामा नेपालीले उपचार र सुरक्षा पाउने कुरा ‘लंकाको सुन’ सरह हो । त्यसैले उपचारभन्दा पनि ‘वचाव’ नेपालीको बाँच्ने पहिलो पर्छ । भीडभाडबाट जोगिने, दूरी कायम गर्ने, स्वास्थ्य रक्षाको मादपण्डको पालना गर्ने र परम्परागत जीवनशैलीको अनुशरण गर्नु नै कोरोना भाइरसको संक्रमणबाट जोगिने सर्वोत्तम उपाय हो । यसले मात्र नेपालीको रक्षा गर्न सक्छ, सबैमा चेतना होस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here