प्लाज्मा उपलब्ध गराउन वेभसाइट सञ्चालन

0
616

बिर्तामोड । पछिल्लो समय नेपालमा पनि प्लाज्माथेरापी विधिबाट कोरोना संक्रमितहरुको उपचार भइरहेका छन् । तर प्लाज्मा सहज रूपमा उपलब्ध हुन भने सकिरहेको छैन । संक्रमितको उपचारका लागि प्लाज्माको माग दिन प्रतिदिन बढी रहेको छ ।

 

प्लाज्माको बढ्दो मागलाई सम्बोधन गर्न र यसको सहज उपलब्ध गराउन युवाको एक समूहले एक वेभसाइट सञ्चालनमा ल्याएका छन् । जसको नाम हो ‘ओपन सोर्स वेभसाइट’ ।

क्लिक माइण्ड नामक साइटमा प्लाज्मा दिन चाहनेले आफ्नो विस्तृत जानकारी राख्न सक्ने र प्लाज्मा आवश्यक पर्नेले ब्लड ग्रुप मिल्दो मानिससँग सम्पर्क गर्न सक्ने छन् । प्लाज्मा चाहिने र दिन चाहनेलाई सम्पर्क गर्न सजिलो होस् भनेर यस्तो वेभसाइट बनाइएको हो । जसबाट सेवा लिए बापत कुनै शुल्क तिर्न नपर्ने वेबसाइड संचालक प्रमुख अजय खडकाले बताए ।

प्लाज्मा दान गर्न चाहनेले उक्त साइटमा गएर आफूलाई चाहिने ब्लड ग्रुप, स्थान लगायत अन्य विवरणको फर्म भर्नुपर्ने छ भने लिन चाहनेले पनि आफूलाई आवश्यक ब्लड ग्रुप र चाहिने स्थानको विवरण दिनुपर्छ । त्यहीँबाट एडमिन समूहले दुवै पक्षलाई सम्पर्क गराउँछन् ।

सामाजिक सञ्जालमा प्लाज्माका लागि धेरै माग आएको देखेर सबैलाई सहज होस् भनेर यस्तो कन्सेप्ट बनाएको क्लिक माइण्डका सन्चालक राजेन्द्र ढुंगाना बताउँछन् ।

‘हामीले थोरै काम गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने भनेर यो काम सुरु गरेका हौं,’ सञ्चालक खड्का भन्छन्, ‘सामाजिक सञ्जालमा भन्दा यस्तो साइटमा प्लाज्मा दिन चाहनेहरुको विवरण संकलन गर्दा चाहिनेलाई पाउन सहज होस् भनेर यो काम गरिएको हो।’

एक पटक प्लाज्मा दिइसकेको मानिसले २८ दिनअघि फेरि प्लाज्मा दिन पाइन्न । क्लिक माइण्डकै माध्यमबाट प्लाज्मा दिइसकेकाहरुको विवरण छुट्टै राखिने खड्का बताउँछन् । त्यसो हुदाँ एउटै मानिसलाई पटक(पटक प्लाज्माको लागि फोन जाँदैन् ।

प्लाज्मा दान गर्नका लागि कोरोना संक्रमण निको भएको १४ दिन हुनुपर्छ भने तौल ५० केजी भन्दा बढी हुनुपर्छ । त्यसैगरी कुनैपनि एण्टिबायोटिक खाएको ७ दिन नाघेको हुनुपर्छ ।

प्लाज्मा दिनका लागि अनुमानित समय ४५ मिनेट लाग्छ । स्वास्थ्य मानिसले प्लाज्मा दिँदा कुनै पनि स्वास्थ्य समस्या नआउने चिकित्सकहरु बताउँछन् । खड्का भन्छन्, ‘महामारीको बेलामा यो हाम्रो भोलेन्टियरिङ प्रयास हो सबैले साथ थिए संक्रमितहरुलाई सजिलो हुने थियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here