सरसफाइ तथा स्वच्छता कोष मङ्सिरदेखि

0
647

काठमाडौँ, सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यमा दशकौँदेखिको सङ्कटलाई समाधान गर्न आगामी पाँँच वर्षका लागि दुई अर्ब अमेरिकी डलरको अपेक्षा गरिएको सरसफाइ तथा स्वच्छता कोष आगामी साताबाट सञ्चालनमा आउने भएको छ ।

 

सरसफाइ तथा स्वच्छता कोषद्वारा जारी विज्ञप्तिअनुसार कोषको औपचारिक उद्घाटन आगामी मङसिर २ गते अनलाइनमार्फत गरिने छ ।

हाल संसारभरका चार अर्ब मानिस स्वच्छता तथा सरसफाइको आधारभूत अधिकारबाट वञ्चित छन् । तीन अर्ब मानिस हात धुने सुविधाबाट वञ्चित छन् भने कुल जनसङ्ख्यामा १० प्रतिशत मानिस अझै पनि खुला शौचालयको प्रयोगमा अभ्यस्त छन् ।

विश्वमा जटिल रोग र बाल मृत्युदरसँग जोडिएका अधिकांश रोगहरू सरसफाइ तथा स्वच्छतासँग जोडिएका छन् तैपनि यो सरोकारको मुख्य क्षेत्रमा अझैसम्म पर्याप्त लगानी प्रवाह हुन सकेको छैन । यसले हरेक मुलुकको दिगो विकास लक्ष्यलाई पनि प्रभावित गरिरहेको छ ।

आज कोभिड–१९ को सन्दर्भमा समेत सबैलाई मास्क सहजै उपलब्ध हुनु जति मुस्किलको कुरा हो उति नै जोखिममा रहेका समुदायमा तोकिएको सामाजिक दूरी कायम गर्नु आफैँमा मुस्किल कुरा हो ।

सरसफाइ तथा स्वच्छताको भरपूर पहुँच पाउन नसकिरहेका जोखिमयुक्त वर्गकै कारण आर्थिक र स्वास्थ्य सुरक्षाका क्षेत्रमा चुनौती बढेको देखिने उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदले सरसफाइ तथा स्वच्छताका क्षेत्रमा लगानी अभिवृद्धि हुनुपर्ने बताउनुभयो ।

आगामी सातादेखि सञ्चालनमा आउने कोष कार्यक्रममा नाइजेरियाका उपराष्ट्रपति येमी ओसिनबाजो, युनिसेफका कार्यकारी निर्देशक हेनरिता फोर, राष्ट्रसङ्घीय प्रोजेक्ट सर्भिसका कार्यकारी निर्देशक गैट फरेमो, युएन–वाटर अध्यक्ष तथा कृषि विकास अन्र्तराष्ट्रिय कोषका सभापति गिल्बर्ट होउंग्बो, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा सुजाना जाकब र सरसफाइ तथा स्वच्छता कोषका महानिर्देशक डोमिनिक ओ’निल समेत सहभागी हुनुहुनेछ ।

सरसफाइ तथा स्वच्छता कोषले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार कोषले उल्लेख्य परिणाम प्राप्तिका लागि बृहत्रूपमा लगानी प्रवाह गर्नेछ र आधारभूत समाजिक तथा मानव अधिकार गतिविधिमा परिवर्तन ल्याउन मद्दत पु¥याउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here