अर्जुनधारा, आयुर्वेदका प्रबद्र्धक भगवान धनवन्तरी जयन्ती तथा आरोग्य दिवसको अवसरमा शुक्रबार शनिश्चरे आयुर्वेद औषधालयले पुजाअर्चना गरी मनाएको छ ।

औषधालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष एवम् अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना “नविन”को अध्यक्षतामा आयोजित कार्यक्रममा वैदिक विधिद्वारा पुजा गरीयो ।
कार्यक्रममा औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरले आयुर्वेदको महत्व र वैद्य निरिक्षक पूष्कर खतिवडाले धनवन्तरी जयन्तीको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

नगर राजश्व शाखा प्रमुख डेनजनी आचार्य, औषधालयका पूर्व प्रमुखद्धय धनवीर यादव र सकलदेव चौधरी, समितिकी उपाध्यक्ष पुनम सुवेदी, दिपकसेन भट्टराईलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन कार्यलय सहायक महेन्द्र खरेलले गरेका थिए ।






























