सुपारीसहित तीन पक्राउ

0
315

logo-of-purwanchal
भद्रपुर, पुस ३० । झापाको भद्रपुरबाट ठूलो परिणामको प्रतिबन्धित सुख्खा सुपारी सहित तीन जनालाई आज विहान प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुर नाका हुँदै अवैध बाटो प्रयोग गरी भारत निकासी गर्ने क्रममा क्षेत्रिय व्यूरो टोलीबाट खटिएको नेपाल प्रहरीले उक्त सुपारी सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ३४ वटा बोरा सहित पक्राउ पर्नेहरु भारत गलगलिया ४ बस्ने मोहम्मद इकवाल, मोहम्मद मुक्तार र मोहम्मद नुरन रहेको प्रहरीले जनाएको छ । बरामद सुपारी सहित तीनै जनालाई आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिटटा बुझाइसकेको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए । पछिल्लो समयमा भद्रपुर नाकामा चोरी निकासी तथा तस्करी गतिविधि बढेलगतै नेपाल प्रहरीको सक्रियता समेत यस तर्फ बढेको छ भने सिमा सुरक्षाको लागि राज्यले खटाउदै आएका शसस्त्र प्रहरीले हाल सम्म यस तर्फ कुनै चासो देखाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here