शिवसताक्षी नगरपालिकाले बेरोजगार युवायुवतीका लागि सहुलियत कर्जा प्रदान गर्ने

0
717

शिवगञ्ज ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले नगरका बेरोजगार युवायुवतीका लागि राष्ट्रिय वाणिज्य बंैक संग सहकार्य गरेर सहुलियत कर्जा प्रदान गर्ने वताएका छन् ।

नगर भित्रका जुनसुकै विधाका बेरोजगार युवायुवतीलाई सहुलियत कर्जा दिलाएर आत्मनिर्भर बनाउने योजनाअघि सारिएको नगर प्रमुख शेर्माले बताए । उक्त कर्जा महिला उध्यमीले १.८ र पुरुष उध्यमीले २.८ ब्जाजदरमा पाउने छन् ।

शिवसताक्षी ६ को शिवगञ्जमा किसानहरुले स्थापना गरेको शिवसताक्षी कृषि सहकारी संस्थाको उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शेर्माले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय शिवगञ्जबाट सहुलियत कर्जा दिन नगरले प्रकृया अघि बढाएको बताए । ‘छठ लगत्तै यो योजना संझौता हुने छ,’ नगर प्रमुख शेर्माले भने ।

उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परिचालन कर्जा, दलित समुदाय विकास कर्जा, महिला उद्यमशील कर्जा र व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकको कर्जामा नगरको सिफारिसमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने उनले बताएका छन् । बिना धितो उक्त कर्जाको जमानत नगरपालिका हुने पनि नगर प्रमुख शेर्माले बताए । इमान्दार उद्यमीलाई कर्जा लिएर आत्मनिर्भर बन्न पनि उनले नगरबासीलाई अनुरोध गरेका छन् ।

यता बाणीज्य बैंक शाखा कार्यालय शिवगञ्जका शाखा प्रमुख खगेन्द्र कन्दङवाले नगरको सिफारिसमा बैंकले कर्जा लगानीको तयारी गरेको बताएका छन् । ‘क्लाईन्टले कर्जा फिर्ता नगरे नगरपालिकाले उठाउने दायित्व बहन गर्ने छ । जुन कर्जा बिना धितोको हो,’ शाखा प्रमुख कन्दङवाले टेलिफोन सम्पर्कमा भने । नगरपालिका र बैंकले उद्यमीको पहिचान गरेर मात्र कर्जा लगानी गर्ने कन्दङवाले बताएका छन् ।

शिवगञ्जमा कृषि सहकारी स्थापना भएपछि यो प्रकृतीको सहकारी नगरमा १९ पुगेको छ । अन्य २० वटा सहकारी पनि शिवसताक्षी नगरमा क्रियाशिल छन् । संस्थाका अध्यक्ष सीताराम भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा नगरकी उपप्रमुख भोजकुमारी नेपाल, ५ नम्बर वडा का अध्यक्ष सत्यनारायण राजबंशी, नेकपा झापाका सचिवालय सदस्य राधाकृष्ण खनाल, नगरका सहकारी शाखाका प्रमुख बद्री दाहाल लगायतले जुन उद्धेश्य बोकेर सहकारी स्थापना भएका छन् त्यसै अनुरुप काम गरे लक्षित समुदायले राहत पाउने बताए ।

सस्थाका उपाध्यक्ष नारायण प्रसाद लुइटेलले स्वागत गरेको उक्त कार्यक्रमको सहजी करण कृष्ण गुरागाईले गरेका थिए । ६५ जना किसानले स्थापना गरेको सहकारीको शेयर पुँजी १६ लाख २५ हजार रहेको अध्यक्ष भेटवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here