‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक

0
1259

बिर्तामोड ।

झापाको बिर्तामोडमा बसेर गीत संगीत संगै अटो मोबाईल व्यवसाय क्षेत्रमा संलग्न गीतकार चुडामणि पौडेलको ‘माया लाउँ कि नलाउँ भो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर सुन्न सकिन्छ। गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको मुख्य भुमिका रहेको छ। भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन्।

भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

गीतकार पौडेल लामो समयदेखि हलेशी ट्रेड लिङ्क बिर्तामोडमार्फत अटो मोबाईल व्यवसाय क्षेत्रमा संलग्न छन् । तिहारको कोशेली स्वरूप सार्वजनिक गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here