‘वैदेसिक रोजगार व्यवसाय भनेको वजार हो’

0
430

बिर्तामोड,माघ ३ । वैदेसिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष एलपी सावाँले वैदेसिक रोजगारीमा जानेले फरक अपेक्षा गर्ने गरेका कारण व्यवसाय क्षेत्रमा समस्या देखिएको वताएका छन् ।539703_1380586805512731_1281579487_n
झापाको बिर्तामोड स्थित ग्लोवल एलायन्स मेनपावरको सम्र्पक कार्यालय उद्घाटन गर्दै उनले रोजगारीका लागि विदेश जानेले एउटा काम सिकेर अर्काे काममा जादा मिस म्याच हुने भएकाले समस्या उत्पन्न हुने गरेको वताए ।  राजनीतिक पहुँचका आधारमा विदेसिने परिपाटीका कारण पनि वैदेसिक रोजगारका क्षेत्रमा अर्काे थपिएको उनको भनाई छ । विदेश जाने कामदारले काम गर्छु भन्दा पनि व्यवसायीलाई कसरी समस्यामा पार्न सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रीत हुने हुँदा व्यवसाय क्षेत्रमा समस्या थपिएको साँवाले वताए ।
वैदेसिक रोजगार व्यवसाय भनेको वजार हो  र वजारको मूल्य वजारले तोक्नपाउनु पर्छ भन्दै उनले भने–‘ व्यवसायीले कसैलाई विदेश पठाउदा लाग्ने लागत सस्तो र मह्रगो भयो भन्ने कुरा उठ्छ त्यो हुँदा केही फरक पर्दैन ।’राज्यले सस्तो लोकप्रियताका लागि वजार भाउ तोकेपनि त्यो व्यवसायीलाई मान्य नहुँने उनको भनाई छ ।  भोज वहादुर थापाले रिवन काटेर उद्घाटन गरेको शाखाको फाइनान्स प्रवन्धकको रुपमा दीनेश थापा व्रान्च मेनेजर रमेशजंघ थापा, र व्रान्च डाइरेक्टर विशाल खनाले काम गर्ने वताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here