ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बिर्तामोडमा दुई जनाको घटनास्थलमै मृत्यु

0
862

भद्रपुर,

झापामा सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुने दुवै जना पुरुष रहेका र उनीहरूको पहिचान खुलिनसकेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्‌।

प्रहरीका अनुसार बुधवार दिउँसो ११ बजेर २५ मिनेट जाँदा पूर्व-पश्चिम राजमार्ग अन्तरगत जिल्लाको बिर्तामोड नगरपालिका-६, गिरी मन्दिर नजिकै सो दुर्घटना भएको हो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको पहिचान खुलाउन र ट्रक चालक फरार निजको खोजी भइरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here