नेकपा सचिवालय बैठक जारी

३ मंसिर २०७७, बुधबार मा प्रकाशित

काठमाडौँ, 

शीर्ष नेताबीच उत्पन्न विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

यसअघि गत कात्तिक २८ गतेको सचिवालय बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टीको बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद झन् बढेको थियो । यसबीचमादुर्घटनामा दुईको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

उहाँका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ छन् । उनीहरु दुबै जनाको विर्तामोडमा रहेको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

शुरुमा पश्चिमबाट पूर्व आउँदै गरेको मे २ प ४८४७ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०२०४२ प ७९८२ नं को ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा एकापसमा ठक्कर खाई अनियन्त्रित भई पल्टिएका थिए । सोही समयमा पश्चिमबाट आइरहेको ना ६ ख ३३५० नं को ट्रकले उक्त मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो ।

ट्रक चालक फरार रहेका छन् भने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आफ्नो तर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्किएर बैठक बस्ने नबस्ने अन्योल भएका बेला बैठक शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीसहित सबै नेताहरु सहभागी हुनुहुन्छ । गत भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन गरेर अघि बढ्नुपर्नेमा सबै नेताहरुको जोड रहे पनि सरकार र पार्टीबीचको दूरी बढेपछि विवाद बल्झिएको हो । उक्त स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षसहित बाँकी कार्यकालका लागि सरकारको नेतृत्व र दाहाललाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी स्पष्ट गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here