सजगताले मात्रै परास्त हुन्छ कोभिड–१९

४ मंसिर २०७७, बिहीबार मा प्रकाशित

विश्वलाई नै आतंकको चपेटामा लिएको कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड–१९ ले नेपाललाई पनि उच्च जोखिममा पु¥याएको छ । करिब एक वर्षअघि पहिचान भएको भाइरसलाई समुदायमा फैलिन नदिन गरिएको प्रयास निरर्थक हुँदै जाँदा विश्वका करिब साढे पाँच करोड मानिस संक्रमित भए । उपचार नै नभएको यो महाव्याधीका कारण झण्डै साढे तेह्र लाख मानिसले अनाहकमा जीवन गुमाउनु प¥यो । विकसित राष्ट्रहरुलाई समेत महाआतंक सावित भएको कोभिड–१९ अल्पविकसित र विकासको मार्गमा वामे सर्दै गरेका देशहरुका लागि अझै पीडादायक बनाएको छ । त्यसमा पनि नेपाल जस्तो विकासमा पछि रहेको देश र यहाँको शासक वर्गको अक्षमताले पारेको असर बयान गरेर साध्य छैन ।


विश्व स्वास्थ्य संगठनले स्वास्थ्य रक्षाका मापदण्ड निर्धारण गर्दै विश्व समुदायलाई यसबाट जोगिन सचेत गरायो । कतिपय देशहरुले उक्त मापदण्डको पालना गरी रोकथाम र नियन्त्रणमा इमान्दार प्रयास गरे । त्यसकै परिणाम व्यक्तिगत सुरक्षा र सरसफाईमा गम्भीर बन्दै भौतिक दूर कायम गर्ने र बन्दाबन्दीलाई कठोर ढंगले पालना गरियो । फलस्वरुप त्यस्ता देशहरुमा कोभिड–१९ आतंक बन्न पाएन बरु एउटा अनिवार्य शिक्षा बनियो । ती जसले स्वास्थ्य रक्षाको मापदण्डको पालना गरेनन्, अवज्ञा गरे र कोभिड–१९ को त्रासलाई गम्भीर ढंगले लिएनन् उभिनै नसक्ने गरी धराशायी बने । हामी कहाँ यो महात्रासलाई सामुहिक उत्तरदायित्वका साथ रोकथाम र नियन्त्रण गर्ने अग्रसरता देखाइएन । जनतालाई सचेतना शिक्षा दिइएन, महासंकटले पार्ने प्रभावलाई कम गर्ने विकल्प खोजिएन । व्याधीको प्रारम्भमै गर्नुपर्ने उपायहरु निष्प्रभावी भए । फलस्वरुप संक्रमण समुदायमा विस्तार हुँदै गयो । आजसम्ममा देशभर एक हजार दुई सय सड्चालीस जनाले ज्यान गुमाउनु प¥यो भने दुई लाख एघार हजारभन्दा बढीले कोभिड–१० को संक्रमणको पीडा व्यहोर्नु प¥यो ।

उपचार नहुँदा–नहुँदै पनि एक लाख उनासी हजारभन्दा बढीले कोभिड–१९ लाई जितेका छन् भने समुदायमा फैलिएको व्याधीले झापाको बिर्तामोड नगरपालिकालाई बढी जोखिममा पु¥याएको छ । गएको कात्तिक महिनामा मात्रै आठ जनाले मृत्युवरण गर्नु परेको अवस्था हामी स्वयम्को लापरवाही र स्थानीय सरकारको उदासीनता प्रमुख कारण हो भन्न गाह्रो छैन । त्यसमा पनि नगरपालिका क्षेत्रको बिर्तामोड–१ र ५ नम्बर वडा सर्वाधिक जोखिममा पुगेका छन् । चाडपर्वका नाममा भीडभाड गर्ने, स्वास्थ्यको मापदण्डको पालना नगर्ने र स्थानीय सरकारले स्वास्थ्यका मापदण्डको पालनामा कडाइ नगर्नाले उत्पन्न परिस्थिति विनाशक बन्दैछ । सरकारी कार्यालयहरु खुल्ला हुनु, सतर्कता नअपनाइनुले त्रासदी बनेको कोभिड–१९ अझै डरलाग्दो नहोस् त्यसतर्फ सरकार गम्भीर होस् । परीक्षण तथा प्राथमिक उपचारमा जिम्मेवार बनियोस् । अभिभावकीय भूमिका निर्वाह गर्न स्थानीय सरकार सक्षम होस् अन्यथा यो महाव्याधी महाविनाशक बनिने निश्चित छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here