कथा भारण्ड पन्छीको : प्रसंग ओली र प्रचण्डको

४ मंसिर २०७७, बिहीबार १२:२२ मा प्रकाशित

Advertisement

हाम्रो पूर्वीय शास्त्रहरुमा नैतिक शिक्षाका लागि विविध कथा–कुथुंग्रीहरु उल्लेख छन् । ती कथा–कुथुंग्रीहरुले बालबालिकादेखि बृद्धसम्म र ज्ञानीदेखि अज्ञानीसम्म, पढेलेखेकादेखि अनपढसम्म, महिला, पुरुष, उभय लिंगीदेखि नपुंसक लिंगीसम्म, राजनीतिकर्मीदेखि समाजसेवीसम्मलाई केही न केही नैतिक शिक्षा दिन्छन् । अझै पनि ती कथा–कुथुंग्री प्रासंगिक छन् ।

त्यस्तै कथाहरुमध्ये पंक्तिकारले भारण्ड पन्छीको कथा यस आलेखमा चर्चा गर्न लागेको हो । यो कथा अहिले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली (यसपछि ओलीमात्र भनिने) र पुष्पकमल दाहाल प्रचण्ड (यसपछि प्रचण्डमात्र भनिने)बीचको विवादसँग मेल खाने पंक्तिकारको ठहर छ । कति मेल खान्छ कति खाँदैन, पाठक वर्गलाई कस्तो लाग्छ कुन्नी । प्रतिक्रिया पाउने आशा गरेको छु ।

कथा :

जम्बुद्वीप (अहिलेको एसिया महादेश)को कुनै एक जंगलमा भारण्ड नामक पन्छी बस्थ्यो । दुर्भाग्य भनौं वा सौभाग्य, त्यस पन्छीका दुईवटा टाउका थिए । तर, शरीर भने एउटै । भारण्ड जातकै अरु पनि पन्छी थिए, त्यस जंगलमा । तर, अरुका एउटै टाउको र एउटै शरीर थिए ।

त्यो एउटै पक्षी भने दुईवटा टाउको भएकाले आफूलाई अरुभन्दा महान ठान्थ्यो । उसको फूर्ति पनि बढी नै थियो । उसकै जातभाइका अरु पन्छीका एउटा टाउको र एउटा शरीर भएकाले अरुलाई लाग्थ्यो दुई टाउके भारण्ड साँच्चै नै हामीभन्दा महान होला । अरुको यही भ्रमलाई उसले आफ्नो फाइदाका लागि प्रयोग ग¥यो । हुन पनि त्यो भारण्ड अरुभन्दा बुद्धिमान थियो । चलाख र धूर्त पनि थियो । उसको बुद्धि, धुत्र्यांइँ र चलाखीले जंगलमा आएका विपत्तीबाट सबै पन्छीलाई एक दुईपटक जोगाएकोले पनि भारण्डसहित अरु पन्छी पनि उसलाई डराई–डराई आदरभाव प्रकट गर्थे । राजालाई प्रजाले भक्तिभाव प्रकट गरे जस्तो ।

एकदिनको कुरा हो त्यो भारण्ड पन्छी जंगलमा एक्लै घुम्दै थियो । एउटा मीठो फल देख्यो । त्यो मीठो फल खान एउटा टाउकोको मुखअघि बढ्यो । अर्कोले भन्यो यो मीठो फल म खान्छु । पहिला मीठो फल देख्ने टाउकोले भन्यो पहिला मैले देखेकोले म खान्छु । यस कुराले ती दुई टाउकाकोबीचमा निकै वादविवाद भयो । लामै द्वन्द्व भयो । त्यसपछि पहिलो देख्नेले त्यो फल खायो । अर्कोलाई असाध्यै रिस उठ्यो । उसमा बदलाको भावना जागृत भयो । उसले भन्यो बाँडेर खाएको भए पनि हुन्थ्यो नि किन एक्लै खायौ । फल खानेले भन्यो जसले खाए पनि पेट एउटै छ के भो र ।

दिन बित्दै गए । फल खानेले त्यो घटना बिर्सियो । तर, अर्को टाउकोले बिर्सेन । ऊ बदला लिने दाउ पर्खिरहेको थियो । एकदिन घुम्दै जाँदा अर्को टाउकाले एउटा विष फल देख्यो । उसलाई लाग्यो अब म यो फल खान्छु । अनि उसलाई देखाइ दिन्छु । तर, पहिलो टाउकोले भन्यो तिमी यो फल नखाऊ । खायौ भने हामी दुबै मर्छौं । तर, अर्को टाउकोले भन्यो मलाई तिमीले मीठो फल खान नदिएर त्यसबेला किन एक्लै खायौ । अब यो फल म, खान्छु, खान्छु ।

अर्कोले रोक्दारोक्दै पनि त्यस टाउकोले विष फल खायो । फल के खाएको थियो भुँडी एउटै भएकोले भुँडीमा फल पुग्ने बित्तिकै त्यो भारण्ड पन्छीको इहलिला समाप्त भयो । दुबै टाउकाको अस्तित्व समाप्त भयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here