दिलकुमारले ल्याए ‘छट से रे बेटा’

४ मंसिर २०७७, बिहीबार मा प्रकाशित

गौरीगञ्ज।

कोच गायन प्रतियोगिता २०७३ का बिजेता दिलकुमार राजवंशीको स्वरमा एकल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कोचबुड प्रोडक्सनका अध्यक्ष टेकबहादुर राजवंशी, महासचिव हृदय राजवंशी लगायतका पदाधिकारीहरूको सहयोगमा उक्त कोच भाषाको एकल म्युजिक भिडियो शुभ दीपावलीको अवसरमा यु–ट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

यस म्युजिक भिडियो निर्माण गर्न ज्ञानु राजवंशी, कुबेरप्रसाद राजवंशी, छत्र राजवंशी, कृष्णमान सिंह, विजय राजवंशी, प्रेम राजवंशी र रमेश राजवंशीले आर्थिक सहयोग गरेका छन् भने गीतमा संगीतकार तथा गायक बलराम राजवंशीले संगीत भरेका छन् ।

कोचबुड प्रोडक्सनका अध्यक्ष टेकबहादुर राजवंशीको शब्दमा निर्माण भएको गीतको रेकर्डिङ बिट्स स्टुडियो बिराटनगरमा भएको हो । एकल म्युजिक भिडियोका गायक दिलबहादुर राजवंशी दृष्टिविहीन हुन् । उनको मधुर स्वरमा प्रथमपटक कोच भाषामा म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा अभिनय गर्ने प्रतिभा राजवंशी, दिलकुमार राजवंशी, सुबास राजवंशी, शजयसिंह राजवंशी, गौतम राजवंशी र गरिमा राजवंशी रहेका छन् ।

गीतको छायांकन मोहन राजवंशीको, सम्पादन हृदय राजवंशीको र निर्देशन गजेन्द्र राजवंशीको रहेको छ । कोचबुड प्रोडक्सनका अध्यक्ष टेकबहादुरले बाबुआमाले छोरालाई दुःख गरेर पालन पोषण गरेपनि छोराबुहारीले बुबाआमालाई बुढेसकालमा भीख माग्नु पर्ने बाध्यताको गीतमा चित्रण गरिएको बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here