छोरीसहित सुस्मिता बेपत्ता

५ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

झापा ।

झापाको मेचीनगर–१३ की एक महिला सात दिनदेखि छोरी सहित बेपत्ता भइकी छिन् ।

चारआलीबाट सामान किनेर आउँने भन्दै गत कात्तिक २९ गते बजार निस्किएकी २६ वर्षीया सुस्मिता लिम्बू छोरी कुनिबा लिम्बू सहित बेपत्ता भएको मामा सरनकुमार योङहाङले जानकारी दिए ।

श्रीमान वैदेशीक रोजगारीको शिलशिलामा विदेशमा रहेको र घरमा बस्दै आएकी भाञ्जी बेपत्ता भएपछि सबै आफ्न्तकोमा खोजी गर्दा पनि फेला पार्न नसकेको मामा सरनको भनाई छ ।

सुस्मिता बेपत्ता भएको विषयमा इलाका प्रहरी कार्यालय धुलावारीमा समेत निवेदन दर्ता गराइएको बताइएको छ ।

आफ्नी भाञ्जीलाई कसैले देखेमा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन मामा सरनले आग्रह गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here