के हो चेक (बाउन्स) अनादर ?

५ मंसिर २०७७, शुक्रबार मा प्रकाशित
  • 29
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

चेकबाट हुने कारोबार बढे संगै चेक काटिएको बैकमा रकम प्रयाप्त छैन भनी चेक नसाटिदा आजभोलि मुद्दा पर्ने क्रम तिब्र रुपमा बढेको छ ।

Advertisement

बिष्णु निश्चल,

अहिले दिन प्रतिदिन चेक अनादरका घटनाहरु बढ्न थालेका छन् । चेक अनादरका मुद्धा लिएर अहिले कोही प्रहरी कार्यालयमा कोही अदालतमा न्याय माग्न पुगिरहेका हामीले देखेको छौ । व्यवसायिक कारोबारको क्रममा, लेनदेन व्यबहार मिलाउन तथा रकम ब्याजमा दिने वा सापटि दिएको रकमको सट्टामा चेक लिने दिने प्रचलन बढेको छ ।

भौतिक रूपमा रुपैयाँ–पैसाको कारोबार गर्दा सुरक्षा जोखीमसमेत हुने भएकाले चेकको प्रयोगमा व्यापकता आएको हो हामी कतिले त्यसको प्रत्यक्ष अनुभव पनि गरेको हुन सक्छ बास्तवमा चेक अनादर भनेको के हो त । आफ्नो खातामा रकम नभएको वा पर्याप्त नरहेको जानकारी हुँदाहुँदै कुनै व्यक्तिलाई चेक दिई त्यस्तो चेक भुक्तानीका लागि पेस हुँदा नसाटिएमा चेक अनादर गर्न मिल्ने व्यवस्था छ ।

सम्बन्धित बैङ्कले पर्याप्त रकम नभएको जानकारी सहित अनादर गरेपछि कानुनी उपचार खोज्ने विधि विनिमय अधिकारपत्र ऐन २०३४ ले गरेको छ । बैङ्किङ कसुर तथा सजाय निर्धारण ऐनले पनि पर्याप्त रकम नहुँदानहुँदै चेक काट्न नहुने व्यवस्था गरे पनि कसुरको स्पष्ट परिभाषा भने गरेको छैन । यस्तो कसुरमा विविमयपत्र ऐन अनुसार भुक्तानी पाउने व्यक्तिले चेकमा उल्लिखित रकम र ब्याजसमेत पाउने व्यवस्था छ । कसुरमा तीन महिनासम्म कैद समेत हुन सक्नेछ ।

तर, अहिले यस्ता मुद्दा बैङ्किङ कसुरमा चलाइँदै आइएको छ । सरकारवादी मुद्दा सम्बन्धी ऐन अनुसार चलाइने यस्ता मुद्दामा चेकको रकमलाई बिगो मानिन्छ र बिगो बमोजिमको जरिवाना र बढीमा तीन महिनासम्म कैद दाबी गर्ने गरिएको छ । बैङ्किङ कसुरमा मुद्दा चलाइँदा ब्याज भराउने व्यवस्था भने छैन ।

बैङ्किङ कसुरमा मुद्दा चलाउँदा सरकारवादी फौजदारी मुद्दा चलाइन्छ । यस्ता मुद्दामा सुरु कारबाही उच्च अदालतको वाणिज्य इजलासबाट सुरु हुन्छ । सर्वोच्चको पछिल्लो व्याख्या अनुसार अब चेक अनादरमा जिल्ला अदालतमा फिराद लाग्नेछ ।

अहिले चेक अनादरमा प्रहरीमा जाहेरी दिएपछि कसुरदार पक्राउ पर्ने र फौजदारीलगतममुद्दा चलाइने व्यवस्था थियो । विनिमय अधिकारपत्र अनुसार मुद्दा चलाइएको अवस्थामा चेक दिने व्यक्ति गलत मनसायले कारोबार गरेको अवस्थामा पनि मुद्दा चरणमा पक्राउ पर्ने अवस्था रहँदैन ।

पहिलो चेक लेख्ने वा आदेश दिने व्यक्ति (खातावाला), दोस्रो आदेश प्राप्त गर्ने (बैंक) र तेस्रो भुक्तानी प्राप्त गर्ने व्यक्ति (चेक लिई आउने) हुन्छन् । चेकबाट हुने कारोबार बढे संगै चेक काटिएको बैकमा रकम प्रयाप्त छैन भनी चेक नसाटिदा आजभोलि मुद्दा पर्ने क्रम तिब्र रुपमा बढेको छ ।

मुलुकी ऐन ठगीको महल को १ नम्बरमा भएको अवस्था अनुसार चेक जारी गर्ने व्यक्ति विरुद्ध ठगीको आरोप लगाई मुद्दा चलाउँदा सरकारवादी फौजदारी मुद्दा हुने र कसूरमा आरोपित व्यक्तिले अपराधको तहकिकातको लागि २५ दिनसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ । अदालतबाट आरोप प्रमाणित भएमा सोही महलको ४ नम्बर बमोजिम कसूरदारलाई ठगीको बिगो कायम भएमा, हक पुग्नेलाई बिगो भराई बिगो बमोजिम र बिगो कायम नभएमा पाँच हजार रुपियाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था छ । विनिमय अधिकार पत्र ऐनले भने चेकमा उल्लेखित रकम तथा व्याज भराउन लगाउने र तीन महिना वा तीन हजार जरिवाना वा दुवै गर्नसक्ने व्यवस्था छ। बैंकिङ तथा सजाय ऐनले भने ४५ दिनसम्म थुनामा वा १० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।

एउटै प्रकृतिको अपराधमा एउटै मात्र कानुन लागू हुनु पर्छ र कानुन स्पष्ट र दोहोरो अर्थ नलाग्ने हुनुपर्छ भन्ने विधिशास्त्रीय मान्यता रहेको छ । चेक अनादरको कसूरमा फरक फरक कानुन र सजायको व्यवस्था हुँदा सम्बन्धित क्षेत्रमा अराजकताको स्थिती आउन सक्ने पनि अवस्था देखिन्छ ।

सबैभन्दा उपयुक्त उपचारको बाटो भनेको विनिमेय अधिकारपत्र ऐन, २०३४ ले निर्धारण गरेको कानूनी प्रक्रियाअनुसार चेक अनादर मुद्दा लिएर ऐनले तोकेको जिल्ला अदालतबाट कानूनी उपचार लिनु नै हो ।

कानुनले के छ ?

विनिमय अधिकारपत्र ऐन २०३४ ले गरेको व्यवस्था विनिमय अधिकारपत्र ऐन, २०३४ को दफा १०७ (क) ले बैंङ्कमा आफ्नो निक्षेप छैन वा भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धित बैंङ्कसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंङ्कबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याजसमेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भन्ने समेत कानूनी व्यवस्था गरेको छ ।

बैंङ्किङ्ग कसुर तथा सजाय ऐन, २०६४ मा भएको व्यवस्था

बैंङ्किङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा २ को खण्ड (ख) मा बैङ्किङ्ग कसुर भन्नाले परिच्छेद २ बमोजिमको कसुर सम्झनु पर्छ भन्ने उल्लेख भई परिच्छेद २ मा बैंङ्किङ्ग कसुरका सम्बन्धमा व्यवस्था भएको देखिन्छ । दफा ३ मा अनधिकृतरूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने भन्ने शिर्षक अन्तर्गत खण्ड (ग) मा आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन नहुने भन्दै सो कार्यलाई बैंङ्किङ्ग कसुरका रूपमा परिभाषित गरेको देखिन्छ ।

चेक बाहकले चेकमा लेखिए अनुसारको रकम ३ पटक सम्म प्राप्त गर्न नसकेमा चेक बाउन्स गरीदिन बैंकलाई अनुरोध गर्नुपर्छ । सोही बमोजिम बैकले चेक बाउन्स भएको जनाउ वा पुर्जी उपलब्ध गराउँछ । बैकिङ्ग कसूर जाहेरी दिन एकै पटक चेक बाउन्स भएनी पुग्छ तर एक एक हप्ताको अन्तरमा तेस्रो पटकसम्म बाउन्स गर्दा चेक जारी गर्नेलाई बाउन्स भएको जानकारी प्राप्त गर्ने र पछि मलाई बाउन्स भएको थाहा नै भएन भन्ने ठाउँ नहोस भनलाई तीन चोटी बाउन्स गर्नु राम्रो हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here