डा. मंगलीको प्रेम प्रस्ताव

६ मंसिर २०७७, शनिबार मा प्रकाशित

दिउसोको चिया खाने समयमा मंगलीसँग किरणको तेस्रो पटक भेट भयो । भर्खरै १९ लागेकी थिइन् मंगली । एक महिनाअघिको उनको ह्याप्पी वर्थ डेमा किरणले फेसबुक पेजमा उनको फोटो शेयर पनि गरेका थिए । पहिलो पटकको चिया टेबुलमा उनीहरुको ह्याप्पी भेलेन्टाइन डेको दिन भेट भएको थियो । परिचय भएकै दिन फेसबुक एड गरेका रहेछन् । पेशाले किरण पत्रकार । मंगली स्टाफ नर्सको विद्यार्थी । उमेरले किरणभन्दा सानै भए पनि मोटाई र बोलाइमा अब्बल थिइन् मंगली । चञ्चले स्वभाव, सलक्क परेको जीऊ, उच्च चेहरा, गोरो अनुहार र पुष्ट शरीरमा मिल्दा हात खुट्टाहरु उनको रुप पक्ष थियो । बहुत आकर्षक र कञ्चन थिइन् मंगली । बुबाले घरको लैनो भैसी र हल गोरु बेचर स्टाफ नर्स पढ्न शहर पठाएका थिए मंगलीलाई । किरणसँगको अघिल्लो भेटमा नै उनले सामान्य गाउँले जीवनको परिवेशमा हुर्किएर भए पनि एसएलसी पछि स्टाफ नर्स पड्ने सानैदेखिको इच्छामा बुबाले साथ दिनुभएको बताएकी थिइन् ।
एउटा गाउँको परिवेशमा हुर्किएको कलिलो विद्यार्थी मनस्थितिलाई डाक्टर बन्ने भूतले सर्लक्कै खाइसकेको रहेछ । परिवारको इच्छा पूरा गर्न आर्थिक म्यान्टेन कति गाह्रो हुँदोरहेछ भन्ने किरणको प्रतिक्षित जिज्ञासा उनीबाट पूरा हुने संकेतले किरण उनीसँग नजिकिँदै गए । प्रश्नको जवाफ जसरी पनि खोज्नु थियो उनलाई । पत्रकार हुनुको नाताले किरणले उनको पढाइको उद्देश्य र परिवारको लगानीलाई अलि गहिराइमा बुझ्न चाहेकोले किरणको जिज्ञासाले उनको पारिवारिक अवस्था खुल्ला कि भन्ने चिन्ता पनि थियो मंगलीलाई । किरणको पेशा उनलाई थाहा भइसकेकोले प्रश्नको उद्देश्यबारे भने उनलाई प्रष्ट पार्न आवश्यक ठानेनन् । उनले चासो पनि गरिनन् ।

Advertisement

चिया टेबुलको चिनजान र फेसबुकको मित्रताभन्दा अरु कुनै साइनोको तगारो थिएन उनीसँग । केहीबेरको कुराकानीपश्चात टेबलबाट उठे । उनको नजर किरणप्रति खिचिएको अनुभूति किरणले पनि गरिरहेकै थिए । उनको मनमा कुरा खेल्दै गएपछि पत्रकारले आफ्नोबारे रिपोर्ट गरेको साथीलाई सुनाइन् मंगलीले । केहीबेरको कुराकानीपछि साथीले अब भोलि पत्रिकामा आउने भइछेस्, पढ्न पाइने भयो भनेपछि भने उनमा खटपटी दुईगुणाले बढ्दै गयो । बिहानको ६ बजेको थियो, किरण नित्यकर्म सकेर रिपोर्टिङमा निस्कन तरखरमा थिए, मोबाइलको म्यासेजमा रिङ बज्यो । मोबाइल निकालेर हेरे– ‘सर, प्लिज म तपाईलाई भेट्न चाहन्छु, कहाँ हुनुहुन्छ ? इमर्जेन्सी कुरा गर्नुछ ।’ किरणले सोचे उनलाई केही समस्या परेछ क्यारे वा कसैले गाली बेइज्जती पो ग¥यो कि । लगतै किरणले पनि म्यासेज रिप्लाई गरिहाले । हुन्छ, हिजोकै चिया टेबुलमै भेटौं न त ।

किरण चिया टेबुलमा पुग्दा उनी पनि टुप्लुक्कै आइपुगिन्, अताल्लिएकी र निराश थिइन् उनी । हस्याङफस्याङ गर्दै भनिन्– किरण सर, मेरोबारे समाचार बनाउनु भएको त छैन नि ? प्लिज अहिले नछापिदिनुहोस् है । उनले अघिल्लो भेटपछि उनको मनमा खेलेका कुरा फटाफट सुनाइन्– रातिसम्म खटपट चलिरह्यो, यो मान्छेले मेरोबारे किन चासो लिएको होला…? मेरो विषयमा कुनै नेगेटिभ समाचार लेख्न खोजेको त होइन…? के म समाचार हुन योग्य मान्छे हुँ र…? परिवारको बारेमा पनि सोधेको थियो… कतै भोलि पत्रिकामा त छापिने होइन…? बुबाको लगानी र मेरो पढाईबारे सुनाएकी थिएँ मैले, यदि पत्रिकामै आयो भने बुबाको अपमान त हुँदैन ? यी र यस्तै प्रश्नहरु मनमा तछाडमछाड गर्दै आइरहे रातभर । किरण बोल्न नपाउँदै उनले पानी र दुईकप चिया मगाइन् । किरणले उनलाई नआतिन भन्दै सम्झाए । पत्रकारले रहेक मान्छेसँग गरेका कुरा सबै छाप्न योग्य समाचार हुँदैनन् मंगली । कसैकोबारे समाचार प्रकाशित गर्न पनि सम्बन्धित व्यक्तिको स्वीकृति चाहिन्छ, बिना स्वीकृति समाचार छापिन्न, समाचारका पनि नियम र विधानहरु हुन्छन् । मैले तयार गर्दै गरेको एउटा स्टोरीको लागि तिमी एउटा पात्र बन्न तिमी योग्य छौ कि जस्तो लागेर तिमीसँग कुराकानी मात्रै गरेको हुँ । यदि मैले यो प्रकाशन गरेँ भने तिम्रो अनुमति अवश्य चाहिन्छ । नडराउ, पत्रकार समाज बिगार्ने पात्र होइनन्, समाज सुधार्ने र बदल्ने पात्र हुन् ।

किरण चिया पिउन थाले । उनले लामो श्वास फेरिन् र भनिन् ओहो मैले धेरै कुरा जान्न बाँकी नै रहेछ, म त कच्चा रहेछु, बित्थामा पो डराएँछु र खट्पटिएछु सरी है । –उनले भनिन् । किरणले सम्झाए, चिन्ता नगर, हरेक मान्छे सबै विषय जानेर जन्मिएको हुँदैन, शुरुमा कच्चै हुन्छ । विस्तारै सिकिन्छ । तिमीमा कौतुहलता भरिएको छ, यस्ता मान्छेले हरेक कुराको खोजी गर्छन् र दख्खल राख्छन् । उनले भनिन्– थ्यांक यू सर । किरणको स्टोरीको लागि रिपोर्ट पूरा भएको थिएन, एक हप्तापछि उनी जस्तै वर्गीय अरु पात्रको खोजीमा किरण उनको कलेजमै पुगेँ । उनकै सहयोगमा साथीसँग पनि कुराकानी भयो । उनले पत्रकार किरणसँगको कुराकानी र किरणबारे पहिल्यै सुनाइसकेकी रहिछन् त्यसले किरणलाई कुरा गर्न थप बल पुग्यो । उद्देश्य पूरा भइसकेपछि किरणलाई त्यहाँ बस्ने फुर्सद थिएन, मंगलीले किरणलाई गेटसम्म पु¥याइन र हात हल्लाएर विदाइ गर्दै भनिन् भेट्दै गरौं है किरण सर । उनका साथीहरु बार्दलीबाट हेरिरहेका थिए । किरणले पनि हात उठाएर विदाइ स्वीकारे र बाटो लागे ।

समय–समयमा फेसबुक र ट्वीटरमा कुराकानी भए पनि भेट नभएको लामै भएको थियो । करिब तीन महिनापछि उनले भेट्ने प्रस्ताव गरिन् किरणले कामको व्यस्तता बताए पनि उनको ढेटलाई सम्बोधन गर्नैपर्ने भयो । पहिलेकै चिया टेबुलमा भोलि भेटौं भने किरणले । उनले अर्कै लोकेशन दिइन् र त्यहाँ आउनु भनेकी थिइन् । जहाँ उनको डेरा थियो । दुईजना साथी सँगै बस्दा रहेछन् । एक हप्तापछि दशैं विदा थियो, साथी दशंै विदा हुनुभन्दा अगाडि नै घर गइसकेपछि कोठामा उनी एक्लै थिइन् । किरणलाई भित्रै बोलाइन्, उनी पनि अफसोच भित्रै गए । कोठामा दुईवटा बेड, बिचमा एउटा टी टेबुल र कुर्सी थियो । किरण त्यही कुर्सीमा बसे । मंगलीले झट्ट दुई कप कालो चिया लिएर आइन् । चिया पिउँदै कलेज, दशैं विदा र विदा अवधिका योजनाबारे सरसर्ती सुनाउँदै भनिन्– दशैं विदा हुनासाथ म घर फर्किदैछु त्यही भएर तपाईलाई मेरै हातले पकाएको चिया खान बोलाएकी नि । खिस्स हाँस्तै उनले थपिन्– हुन त मैले तपाईसँग एकान्तमा खुलेर गफ गर्न पनि त गर्न पाएकी थिइन नि । किरणले उनको कुरालाई समर्थन जनाए झैं गरेर मुण्टो हल्लाउँदै चिया पिउन थाले, उनी फटाफट भन्दै गइन्– साच्ची तपाईको विवाह भएको छ कि छैन ? किरणले भने– छैन । अनि गलफ्रेण्ड नि छैन ? छैन । किन नबनाउनु भएको ? समय नपुगेर । यसको मतलब तपाईले अहिलेसम्म कसैलाई प्रेम गर्नुभएको छैन ? गरेको छु । कसलाई ? आमा, बुबा र साथीभाइलाई । उनी गललल हाँस्दै भनिन्– मेरो मतलब त्यो होइन । किरण पनि हाँसे । एकपछि अर्को प्रश्नकै बिच उनी किरणसँग ढेपासिँदै आइपुगेकी थिइन् । उनका हाउभाउबाट सहज बुझ्न सकिन्थ्यो उनले किरणलाई अधिक मन पराइसकेकी थिइन् । किरण जुरुक्क उठे, र निस्कन खोज्दै भने– मलाई अलि हतार छ, एउटा समाचार फाइनल गर्नुछ । उनले भनिन्– पत्रकारहरु कति व्यस्त हुन्छन् है, किरणले जवाफ फर्काउन नपाउँदै उनले थपिन्– आज यतै बस्दा हुँदैन ? आप्mनै हातले मिठो खाना बनाउँछु, किरणले उनको भावार्थसहितको प्रश्नलाई सहज बनाउँदै जवाफ दिए । पछि आउँला नि बस्ने गरी । उनका यी शब्दहरुले किरणलाई नखिचेको भने होइन, तर निस्कनु बाध्यता थियो । पेशा र समाज सम्झिए उनले । उनी नमान्दानमान्दै किरण निस्किए । उनी ढोकामै आइ र भनिन्– आउँदै गर्नु है, मलाई त कस्तो सुनसान लाग्छ, तपाई बिना । उनको पटक–पटकको हाउभाउ र उनको झुकाबले किरणलाई पनि उनीतिर खिचिसकेको थियो । तर, एउटा मान्छेप्रतिको घनघोर प्रेम र अपराजित आकर्षण बोकेर किरण फर्किए ।

दशंै विदा भएकै दिन साँझपख उनको फोन आयो । किरण अफिसबाट निष्कदै थिए– हेलो… कहाँ हुनुहुन्छ ? आज भेटौं न दशैं विदा भयो, भोलि घर फर्किने टिकट भइसकेको छ । उनले थपिन्– खाना खानेगरी आउनु है । किरण उनको कोठामा पुग्दा खाना खाने बेला भइसकेको थियो । उनको स्वागतलाई अस्वीकार गर्नुपर्ने कुनै बहाना भेटाएनन् किरण निम्तो मान्न पुगे । दुईजना सँगै बसेर खाना खाने मेरो रहर आज पूरा भयो –उनले भनिन् । किरण हाँस्तै खाना खान थालेँ । सिमी, आलु र सिमसागको छुट्टाछुट्टै सब्जी, कुखुराको मासुमा हल्का ग्रेभी, अकबरे र पुदिनाको चटनी । आहा…कति चट्ट सफा र स्वादिलो खाना । किरण हातैले खपाखप खान थाले । उनले एकछिन हेरिरहीन किरणले स्वादिलो मानेर खाएको । उनले पनि हातको काँटा र चम्ची भुइँमा राखिन् । हातले मुसेर खाएको स्वादै बेग्लै है, उनले किरणतिर फर्किएर सोधिन । किरणले भने– खाना खाने आप्mनो आप्mनो तरिका र स्वाद हुन्छ । भुइँमा शब्द नखसी जवाफ थपिन् स्वाद त पकाउनेमा पनि भर पर्नुपर्ने होइन र ? उनको भनाइमा खाना कतिको स्वादिलो पकाएछु भन्ने प्रश्न भरिएको भाव स्पष्ट थियो । किरणले भने हो, मिठो पकाइछ्यौ । स्वादिलो छ । बहुत मज्जा आयो । खानापछि लामो समय गफ गरेर बसे । किरणप्रतिको उनको झुकाव र आकर्षणलाई मज्जाले ओकल्ने मौका थियो । आपसमा छुटिन नसक्ने बनिसकेका थिए दुबै । अन्तरहृदय खोलेर गफिए । किरण निस्कनु थियो, निस्कने बेला किरणले उनलाई दशैं विदाको समय सदुपयोग अध्ययनमा नै गर्न सुझावसहित उनलाई यात्रा सफलताको शुभकामना पनि दिए । उनले थ्याङ्क यू भनिन् । किरण बाटो लागे ।
दशैं–तिहार विदा अवधिभर भेट त हुने कुरै भएन, कहिले नेटको र कहिले टावरको समस्याले लामो कुरा हुन समेत पाउँदैन थियो । पहाडी दुर्गम गाउँको जीवित र सामाजिक समस्या नै थियो यो । उनले विदापछि शहर फर्किएकै दिन फोन गरिन् र आइपुगेको जानकारी गराउँदै पहाडको कोशेली लिन आउनु भनिन् । उनको निम्तोलाई स्वीकार्दै किरण पुनः उनको कोठामा गए । किरणको लागि उनले एक हप्ताअघि नै अचार हालेको खल्पी र अकबरे खोर्सानीको बट्टा कोसेली ल्याएकी रहिछन्, किरणलाई अकबरे बहुत मनपथ्र्यो, उनले पहिले नै थाहा पाइसकेकी थिइन् । यो पटकको भेटमा भने उनले विदाभरिका दैनिकीहरु दाउराको हार जस्तै एकपछि अर्को गर्दै सुनाउन भ्याइन् । दशैंमा आउने पाहुनासँगको भेटघाट, पिङको मज्जा र विभिन्न अग्र्यानिक परिकारहरुको स्वादिलो भोजनसहित पूर्व साथीहरुको जमघटलाई विशेष स्पेसका साथ शेयर गरिन् उनले । बहुत मज्जाले बितेछन् उनका विदाका दिनहरु । प्रफुल्ल थिइन् उनी । दशैं विदा सकिएपछि उनी फर्किदा क्याम्पसको परीक्षा आउने बेला भइसकेको रहेछ । क्याम्पसमा परीक्षा अगाडिको मासिक र परीक्षा शुल्क बुझाइसक्नुपर्ने प्रावधान थियो । उनलाई एकैपटक ठूलो हिस्सा रकम जुटाउनुपर्ने भएका कारण पनि फर्किन केही दिन ढिला भएछ । यो पटक भने उनलाई बुबाले खायल खेत नै बन्दकी राखेर साहूबाट पैसा जुटाएर परीक्षाको तयारी गर्न पठाउनु परेछ, न कि हरेक बुबा आमाका लागि छोराछोरीको पढाइभन्दा दोस्रो विषय ठूलो बन्दैन ।
तीन महिनापछि
पहिलो चौमासिक परीक्षा सकिएको थियो । बुबालाई खर्च खोज्ने समय राखेर केही दिनका लागि उनी फेरि घर फर्किने तरखरमा थिइन्, सुत्नु अगाडिसम्म म्यासेजमा कुराकानी भएको थियो । बिहानको ४ बजेको रहेछ उनको फोनले किरणलाई ब्यूँझायो । हेलो…, घरमा बुबा अकस्मात विरामी हुनुभएछ अब के गर्ने ? कस्तो तनाबमा छु म । किरणले सोधेँ के भएछ ? रातिबाट बुबाको प्रेसर बढेको छ रे, दुईपटक लड्नु पनि भएछ । टाउको जोड दुखेको छ, होस नभए झैं बर्बराउनु हुन्छ रे, घरमा ममी पनि चिन्ताले खट्पटिनु भएको छ । किरणले सान्त्वना दिँदै भने– बुबालाई शहर ल्याउनु भन, उपचार गर्नुपर्छ, ठिक भइहाल्छ नि । बरु छिटो गर्नुप¥यो, समयमा ध्यान दिएन भने प्रेसरको विरामीलाई खतरा पनि हुन सक्छ । तिमी उताको प्रोसेसमा लाग म डाक्टरको चाँजो मिलाउँदै गर्छु ।

बिहानको ७ बजेको थियो । किरण उनको कोठामा पुगेका मात्र के थिएँ, गाउँबाट उनको छिमेकी दाइको फेरि फोन आयो…। ‘मंगली बुबालाई बचाउन सकिएन । बुबाले छोड्नुभयो’ । उनले डाको छाडिन् । बज्रपात झैं भयो, उनी भुइँमा लडिन् । त्यो समय किरणले उनलाई सम्झाउन भरपुर प्रयास गरे तर समय सजिलो थिएन । उनलाई अस्पताल भर्ना गर्नैप¥यो । केही समयपछि उनी होसमा आइन्, किरणले पुनः सम्झाउने प्रयत्न गरेँ । गाउँबाट तारकोतार फोन आइरहेको थियो । संस्कार अनुसार चल्नै प¥यो । विधि मान्नै पथ्र्यो, उनलाई गाउँ पठाउने व्यवस्था मिलाएर किरण फर्किएँ ।
दुई हप्तापछि, बुबाको काम सकिएकै दिन आमालाई पनि अस्पताल भर्ना गर्नुपर्ने भएछ । निमोनियाले सताएछ । उनले भनिन्– उपचारको लागि म आमालाई लिएर आउँदैछु । आमा अलि साह्रै हुनुहुन्छ । किरणले भने लिएर आउ, उपचारको चाँजो म मिलाउँछु । लगत्तै डाक्टरलाई फोनमा सल्लाह लिएर तर्जुमा मिलाइदिए । बेलुका अस्पताल भर्ना गराएर उपचार शुरु भयो । तर, आमालाई कठिन भइसकेको थियो । रातको १२ बजे डाक्टरले सबै रिपोर्ट हेरेर विरामीको अवस्था क्रिटिकल भएको जनाउ दिए । बचाउने भरपुर प्रयास रहन्छ, स्थिति अलि अप्ठ्यारो नै छ । नआत्तिनु भनेको थियो । यो संकेतले किरणलाई झस्का लागेको थियो । तर, उनी आत्तिने डरले किरणले उनलाई डाक्टरको यो पूर्व संकेतबारे बताउन भने चाहेनन् । विडम्बना, बिहान हुन नपाउँदै आमाको पनि प्रस्थान भयो ।

किरण पनि स्तब्ध भए । अझ उनीप्रति किरणको पनि गहिरो माया र सहानुभूति बढ्दै गयो । कुनै न कुनै सूत्रमा किरण उनको खुशीमा नजिकको साथी र पीडामा सहाराको सारथी भइसकेका थिएँ । हरपहल उनको याद आउन थाल्यो किरणलाई अब उनी एक्लै भएकी छिन् । उनका बुबा–आमाकी एक्ली सन्तान कलिलै उमेरमा बेसहारा भएकी छन् । मानवीय नाताले पनि उनका आगामी दिनहरु र उनको डाक्टर पढ्ने इच्छा अधुरै रहला कि भन्ने चिन्ताले किरणलाई पनि घचघच्याइरह्यो ।

यो बेला उनलाई सहारा र सहानुभूतिको खाँचो छ । आमाको काम सकिएकै भोलिपल्ट किरणले उनलाई शहर बोलाए । उनी बहकिएकी थिइन्, हृदय रोइरहेको थियो, यस्तो बिचमा फेरि कक्षा जोडिन नसक्ने बरु पढाइनै छाड्ने पक्षमा पुगिसकेकी रहिछन् उनी । उनले घरायसी अवस्था र खर्च जुटाउने माध्यम नै सकिएको बताइन् । घर व्यवहार र साहूसँगको हिसाब मिलान गर्दाको कहानी सुनाइसकेपछि उनले भनिन्– अब मेरो भन्नु केही रहेन । बाँकी रहेको घर र सानो कोठेबारी पनि बुबा–आमाको काममा लागेको खर्चमा छिमेकी साहूसँग हिसाब मिलान गरेर शहर फर्किएकी रहिछन् उनी । अब उनको आशाको त्यान्द्रो भनेकै किरण थिए । उनले सुनाएको छोटो व्यथाभित्र गाउँका साहू महाजनहरुले गरीबहरुलाई ऋण तिर्न नसक्दा कसरी उठीबास लगाउँदारहेछन् र कति निर्मम हुँदारहेछन् गाउँका मुखियाहरु भन्ने लामो कथा लुकेको थियो । यो सुनिसकेपछि पत्रकार किरणको रिपोर्टले भने पूर्णता पायो ।

मंगलीको सपना भने अधुरै थियो । किरणले उनलाई सम्झाएँ, तिमीसँग केही नभएर के भो त केबल इच्छाशक्ति त जीवितै छ नि । मान्छेले दृढ इच्छाशक्ति र साहशले नै काम सम्पन्न गर्नुपर्छ । तिमी फ्रेस होउ । तिम्रो डाक्टर बन्ने इच्छा अवश्य पूरा हुनेछ । तिम्रो पढाइ खर्चको जिम्मा म लिन्छु । अब विगतको अँध्यारो क्रमशः बिर्सनुपर्छ र भविष्यको उज्यालो खोज्नुपर्छ । किरणले उनलाई साथ दिनुनै थियो, न कि उनको डाक्टर बन्ने सपना अवश्य पूरा हुनैपर्छ । उनलाई नजिकबाट किरणले नियालीरहे, अध्ययनका हरेक समस्यामा किरणको उपस्थिती रहँदै गयो । ठूलो हिस्सामा सञ्चित रकम किरणसँग नभए पनि मनकारी साथीभाइ र इष्टमित्र प्रशस्त कमाएका थिए किरणले । सबैको साथ र सहयोगमा उनको अध्यायनमा कुनै कमी हुन दिएनन् । आपूmले अभाव झेलेर पनि मंगलीलाई भने कुनै कुराको अभाव महशुस हुन दिएनन् ।

पाच वर्षपछि
आज मंगली डाक्टर बनिसकेकी छन् । शहरमा उनले मंगली क्लिनिक पनि खोलेकी छन् । धेरै कर्मचारीलाई जागिर पनि दिएकी छन्, भ्याइ÷नभ्याइ हुन्छ सबैलाई । उनको नेम प्लटमा ‘डा. मंगली’ लेखिइसकेको छ । दैनिक जचाउन आउने विरामीहरुको लाम लाग्न थालेको छ । धेरै प्रकारका जटिल केशहरुमा उनले सफलता पनि हाँसिल गरेर सम्मानित पनि भइसकेकी छन् । उनको माग उच्च बन्दै जाँदैछ दिनदिनै । गाउँदेखि शहरसम्म उनको प्रशंसा छ । किरण अफिसको कामले जिल्ला बाहिरै बस्न थालेपछि केही महिना मंगलीसँगको प्रत्यक्ष भेट हुन सकेन । समयसँगै उनमा आएको परिवर्तन र कामको व्यस्तताले दुबै भेट नभएको लामै भइसकेको थियो । पहिलेको जस्तो फेसबुक र ट्वीटरमा पनि उनको उपस्थिति कम हुँदै गएको थियो । सेवाका साथै कमाइ पनि राम्रै गर्न थालिछन् उनले । जीवन बद्लिएको छ मंगलीको । चतुर र सुशिल स्वभावकी उनी, त्यसमाथि पनि अब डाक्टरको जिम्मेवारी पनि बोध गर्नुछ ।

किरण शहर फर्किएकै दिन उनी किरणलाई भेट्न आइन् । उनको मुहार उज्यालिएको थियो । आकर्षक चेहरामा दिप झैं धपक्क थिइन् उनी, मनभरि खुशीहरु छचल्किएको भाव प्रष्ट बुझ्न सकिन्थ्यो । किरणले सोधे बहुत खुशी र सुन्दरी देखिएकी छ्यौ नि आज ? उनले भनिन्– हो, म आज जीवनको सबैभन्दा खुशी मोडमा छु । किरणले भने डाक्टर हुने इच्छा पूरा भएर होला नि । उनले थपिन् अँ त्यो पनि हो, तर त्यो भन्दा पनि मुलुकमा श्रमजीवी पत्रकारहरु कति लगनशील र सेवात्मक हुँदा रहेछन्, उनीहरु दृढइच्छाका साथ काममा लागे भने असम्भव कामलाई पनि सहज बनाउन सक्छन् भनेको मैले सुनेकी मात्र थिएँ, पत्रकारहरुले चाहे भने समाज बदल्न सक्छन् भनेको पनि सुनेको हो । तर, आज नजिकैबाट नियाल्न र म आफैं उदाहरण भएर प्रस्तुत हुन पाएकी छु । म डाक्टर बन्नु तपाईको सफलता हो प्रिय किरण । म त केबल पात्र मात्रै हुँ । तपाईले म प्रति निस्वार्थ भावमा अपूरणीय गुण लगाउनुभएको छ । कुडिएर छिया–छिया भएको मेरो मनलाई पुनर्जिवित गर्नुभएको छ । म तपाईलाई हृदयदेखि सम्मान गर्छु । किरणले भने– धन्यवाद, तिम्रो बुझाइमा त्यो एउटा समीक्षाको पाटो हुन सक्ला । तर, हाम्रो कर्तव्य समाजमा लुकेका कुरालाई उजागर गर्नुमात्र होइन, अप्ठ्यारोमा परेकाहरुलाई सकेको साथ दिनु पनि हो । यसर्थ मैले मेरो दायित्व पूरा गर्ने कोशिस मात्रै गरेको हुँ ।

उनी बसेको ठाउँबाट जुरुक्क उठिन र किरण नजिकै गएर भनिन्– म आज तपाईसँग नयाँ कुरा गर्नुछ । किरणले भने हुन्छ भन के हो त्यस्तो ? उनले भनिन्– आज ह्याप्पी भेलेन्टाइन डे पनि हो । मान्छेले आफूलाई मन परेको प्रेमीसँग प्रेम गर्न पाउनुपर्छ भन्दै कुराको प्रतिनिधित्व यो दिनले गर्दै आएको छ, त्यसमाथि हाम्रो पहिलो भेट पनि ह्याप्पी भेलेन्टाइन डे कै दिन भएको थियो । आजकै दिनबाट तपाईसँग जीवनभरि खुशी साट्न र तपाईसँगै जिउन चाहन्छु । किरणको पनि आत्मामा नमेटिने गरी बसीसकेकी थिइन् मंगली । किरणले लामो श्वास ताने । गद्गद् भएर हाँसिरहे, बोल्न सकेनन् । मंगलीले ह्याण्ड ब्यागबाट एउटा फ्रेममा सजाएको गुलाबको पूmल झिकिन र किरणलाई थमाउँदै भनिन्– आई लभ यू, किरणले स्वीकारे लभ यू टू । दुबै मज्जाले अँगालोमा बेरिए । पर्दा लाग्यो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here