मोर्चाको सल्लाहकार चयन

0
488

logo-of-purwanchal
सुरुङ्गा, माघ ४ । स्वतन्त्र राष्ट्रवादी गणतान्त्रिक मोर्चाको सल्लाहकार समिति चयन भएको छ । स्वतन्त्र छवि भएका  राष्ट्रवादी धरातलका गणतान्त्रिक सोचका भ्रष्टाचार विरोधीहरुको साझा शक्तिका रुपमा स्थापित मोर्चाको ११ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । सो समितिमा कपिल मैनाली, त्रिलोचन मैनाली, कोमलप्रसाद पोखरेल, उमादेवी उप्रेती,भक्तिप्रसाद उप्रेती, डा.पुण्यप्रसाद सिग्देल,मदनकृष्ण उप्रेती, बुद्धदेवप्रसाद घिमिरे, भीष्मप्रसाद तिम्सिना, पुष्कल प्रसाईं र खड्ग प्रसाईं रहेका छन् । मोर्चाका अध्यक्ष तिलचन्द्र उप्रेतीकोे सभापतित्वमा भएको कार्यक्रममा सचिव भीमप्रसाद अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उपाध्यक्ष चन्द्र मैनाली (भतिज)ले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन डिल्ली सिटौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here