सप्तरङ्गीकी सेलिया ग्लोकल  टिन हिरोको उत्कृष्ट २० मा

८ मंसिर २०७७, सोमबार मा प्रकाशित
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

दमक।

सप्तरङ्गी एफ.एम. दमककी कार्यक्रम प्रस्तोता सेलिया श्रेष्ठ ग्लोबल टिन हिरो कम्पिटिसनको उत्कृष्ट २० जना प्रतिष्पर्धीमा परेकी छन् ।

ग्लोकल प्रालि नामक गैह्रसरकारी संस्थाले बिगत ५ बर्षदेखि देशभरका १५ देखि २० बर्षभित्रका किशोरकिशोरीहरु बीच उनीहरुले समाजमा गरेका कामहरुको मूल्यांकनका आधारमा उत्कृष्ट टिन हिरो छनौट गर्दै आएको छ । सोही प्रतिष्पर्धामा यो बर्ष देशभरबाट छनौट भएका ६०४ प्रतिष्पर्धीमध्येबाट सप्तरङ्गी एफएमकी बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठ उत्कृष्ट २० जनामा परेकी हुन् ।

सप्तरङ्गी एफएममा बालबालिका सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक अभियन्ता र बाल अधिकारको क्षेत्रमा समेत क्रियाशील श्रेष्ठसंगै दमककै बाल अधिकार अभियन्ता नम्रता दाहाल समेत उत्कृष्ट २० मा परेकी छन् ।

संस्थाको नियम अनुसार छनौट भएका २० जनामध्येबाट फेरि उत्कृष्ट ६ जनालाई छनौट गरी उनीहरुको नाम सार्वजनिक गरिने जनाइएको छ । त्यसपछि ६ जनामध्येबाट पनि उत्कृष्ट १ जनालाई यस बर्षको ग्लोकल टिन हिरोको उपाधिले सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here