‘वैरागी’ कविता संग्रहको विमोचन

८ मंसिर २०७७, सोमबार मा प्रकाशित
  •  
  •  
  •  
  •  
  •  
  •  

गौरीगञ्ज।

कचनकवल–७ फर्साडाँगीमा आयोजित कार्यक्रममा कोच भाषाको कविता संग्रह ‘वैरागी’को विमोचन गरिएको छ ।

हाँस्यव्यङ्ग कलाकार टेकबहादुर राजवंशी र प्रदिप राजवंशीद्वारा रचित कविता संग्रह ‘वैरागी’को विमोचन प्राज्ञ पवन राजवंशीले गरेका थिए ।

कोचबुड कमेडी इन्टरटेन्मेन्टद्वारा प्रकाशित कविता संग्रहमा ५२ वटा कविताहरू रहेका छन् । हाँस्यव्यङ्ग कलाकार टेकबहादुर राजवंशी र प्रदिप राजवंशीको कविता संग्रह वैरागी पहिलो कविता संग्रह हो । बैरागी, राजवंशी समाज, फेसबुक, केनंग छिनु केनंग हनु, ए गे भेल्सी, किसान, नारी, जिन्दगी, जय कोचिला, हामा कोच, भ्रष्टाचार, जय नेपाल लगायतका शीषर्कमा रचित कविताहरू पठनीय रहेको प्राज्ञ पवन राजवंशीले बताए ।

कार्यक्रममा राजवंशी समाज बिकास समितका सचिव मुनिलाल राजवंशी, शिक्षक कुवेरप्रसाद राजवंशी, भरत राजवंशी, शिक्षक टेकनाथ राजवंशी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कोचवुडका अध्यक्ष टेकबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोचबुड गायक दिलकुमार राजवंशीले गरेका थिए भने सञ्चालन हृदय राजवंशीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here