नवौ राष्ट्रिय कर दिवश २०७७ भव्यताका साथ सम्पन्न

८ मंसिर २०७७, सोमबार मा प्रकाशित

उमानाथ भण्डारी,
कमल,

“ स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : विकास, समृद्धि र सुशासन ” भन्ने नाराका साथ आइतबार नवौ राष्ट्रिय कर दिवश २०७७ एक कार्यक्रम गरी सम्पन्न भएको छ ।

दमक उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा उत्कृष्ट करदाताको रुपमा दमक स्थित लाईफलाईन अस्पताल प्रा .ली लाई सम्मान गरिएको थियो भने । उत्कृष्ट कर्मचारीमा आन्तरिक राजस्व कार्यलय दमकका नायव सुब्बा प्रदिप बराललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नारामा भनिय जस्तो अव करदाताले करतिर्न कार्यलयमा धाउनु नपर्ने गरी प्रविधिको विकास भै सकेको छ । करदाताले आफुले गरेको कारोवार चुस्तदुरुस्त राख्न र समयमा आफुले तिर्नुपर्ने कर तिर्न समेत आन्तरिक राजस्व कार्यलय दमकका प्रमुख डमरुप्रसाद पराजुलीले बताउनु भयो ।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, कमल उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारी गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जित बहादुर कार्कि पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल लगायतले करमैत्री वातावरण,कर प्रसासन सुस्तदुरुस्त राखेमात्र नारामा भनिएजस्तो नवौ राष्ट्रिय कर दिवश २०७७ सफल हुने शुभकामना दिनुभएको थियो ।

आन्तरिक राजस्व कार्यलय दमकका कर अधिकृत ध्रुवसिंह धलानले सञ्चालन गरेको कार्यक्रमका उपस्थित सहभागीलाई कर अधिकृत ज्ञानिन्द्रबहादुर राईले स्वाग गर्नु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here