शान्तालाई बीरता लेडी जेसीजको सहयोग

0
1388

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

दुईतले घरको छतबाट खसेर मेरुदण्डको हड्डी भाँचिएर जीवनमरणको दोसाँधमा रहेकी मेचीनगर –९ दुर्गाटोलकी शान्ता अधिकारीलाई वीरता लेडी जेसीजले आर्थिक सहयोग गरेको छ ।

 

बीरता लेडी जेसीजकी अध्यक्ष शुष्मा भण्डारी पौडेल, कार्यकारीणि उपाध्यक्ष संगीता चिमरिया ,महासचिव संगीता गिरी, कोषाध्यक्ष हिमा पौडेल , सहस्यहरु लिला दंगाल ,मञ्जु न्यौपानेलगायतको टोलीले अधिकारीको मेचीनगर –९ दुर्गाटोलमा रहेको निवासमै पुगेर आर्थिक सहयोग गरेको हो ।

बिर्तामोडमा दुई महिना अघि अर्काको घरमा कामगर्ने क्रममा दुईतले घरको छतबाट खसेर मेरुदण्डको हड्डी भाँचिएर प्वाल परेको अवस्थामा भेटिएकी अधिकारीलाई स्थानीयवासीले सामाजिक सञ्जालमार्फत रकम संकलन गरेर विर्तासिटी हस्पिटलमा उपचार गराएका थिए ।

मेचीनगर –९ दुर्गाटोलमा रहेकी आफन्त फूलमाया ओझाको घरमा राखेर प्राथमिक उपचार गराउँदै आएपनि उपचार खर्चको अभावमा जीवनमरणको दोसाँधमा रहेकी उनलाई छ हजार पाँच सय रुपैयाँ सहयोग गरेको बीरता लेडी जेसीजकी अध्यक्ष शुष्मा भण्डारी पौडेलले बताइन् ।

उक्त रकम अधिकारीकी आफन्त भीमप्रसाद ओझालाई हस्तान्तरण गरिएको बताउँदै पौडेलले मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीज आस्था अनुसार उक्त सहयोग गरेकोे बताइन् ।

श्रीमान् बेपत्ता , एक छोरीको मृत्यु र आफूपनि घरको छतबाट खसेर मेरुदण्डको हड्डी भाँचिएर जीवनमरणको दोसाँधमा रहेकी उनलाई एकातिर आफ्नो उपचार कसरी गर्नु भन्ने चिन्ताले सताएको छ भने अर्कातिर १३ वर्षिय छोरा कसरी पाल्नु भन्ने चिन्ताले सताएको छ ।

 

मेरुदण्डको हड्डी भाँचिएर जीवनमरणको दोसाँधमा रहेकी उनको आर्थिक अभाव कै कारण उपचार गर्न नसकिएको उनका आफन्त भीमप्रसाद ओझाले बताए ।

वेसहारा बनेकी शान्तालाई आफूले सानो कटेरो बनाइदिएर पाल्दै आएको ओझाले बताए । उनले आर्थिक अभाव कै कारण उपचार गर्न नसकेर ओछ्यानमा थलिएकी शान्ताको उपचारमा सहयोग गर्न सवैको सहयोग चाहिएको बताए ।
उनले भने –शान्ताको जीवन तपाईंहरुको हातमा छ । तपाईंहरुले गरेको सानो सहयोगले उनी वाँच्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here