हतियार सहित एक जना पक्राउ

९ मंसिर २०७७, मंगलवार मा प्रकाशित

मोरङ ।

मोरङको मिक्लाजुङ–१ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृतबहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन।

जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक एक थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

हतियार सहित पक्राउ परेका श्रेष्ठ विरुद्ध हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here