जनहितमा काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

९ मंसिर २०७७, मंगलवार मा प्रकाशित
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

इलाम।

इलामको रोङ गाउँपालिका–१ मा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

गेटवे सर्भिसेस एण्ड टेक्नोलोजी बिर्तामोडले आयोजना गरेको सार्वजनिक सुनुवाईमा सरोकारवालाहरुले गम्भीर भएर जनताको कार्य गरिरहेको बताएका छन् । जनप्रतिनिधिले जनहितमा कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । जनताले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारीका विषयहरु उठाएका थिए ।

‘जनताको प्रश्न सरोकार–वालाको जवाफ’ कार्यक्रममा सरोरकारवालाका रुपमा रोङ– १ का वडाध्यक्ष बुद्धिबहादुर ढकाल, वडासदस्यहरु लक्ष्मी नेपाली, तुलसीराम न्यौपाने र महानन्द अधिकारी, नेकपाका प्रतिनिधि राजन चाम्लिङ, नेपाली काँग्रेसका प्रतिनिधि लक्ष्मी दाहाल, संघीय समाजवादीका देवकुमार राई, शिक्षासेवी ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दलाल शिवाकोटीको उपस्थिति थियो । कार्यक्रमका मुख्य वक्ता वडाध्यक्ष ढकालले पार्टीको घोषणापत्र शिरमा राखेर जनताको काम गरिरहेको बताएका छन् ।

रोङ–१ मा २०७४/७५ मा २४ लाख २० हजार, २०७५÷७६ मा २६ लाख ४० हजार, २०७६÷७७ मा २६ लाख ८ हजार र चालू आर्थिक वर्षमा २४ लाख ८६ हजार बजेट परेको छ । कोभिड–१९ का कारण यस वर्ष केही बजेट कम भएको वडाध्यक्ष ढकालले बताएका छन् ।

वडासदस्य तुलसीराम न्यौपानेले तीनघरे–शान्तिपुर–झापा सडकखण्ड निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको बताएका छन् भने खानेपानीको समस्या यही हिँउदसम्ममा सम्पन्न गरिने प्रतिबद्धता जनाएका छन् । त्यस्तै अर्का वडासदस्य अधिकारीले मानवीय संशाधन विकासका सवालमा धेरै काम भएको बताएका छन् ।

महिला सदस्य नेपालीले महिलाका सवालमा आफूहरु लागिपरेको बताइन् । त्यस्तै नेकपाका प्रतिनिधि चाम्लिङले वडाले पार्टीको भावना अनुरुप काम गरिरहेको बताए भने नेपाली काँग्रेसका दाहालले विकास निर्माणमा सर्वपक्षिय ढंगबाट मिलाएर गर्नुपर्ने बताएका छन् । शिक्षासेवी शिवाकोटीले शिक्षालाई मुख्य प्राथमिकतामा राख्न जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।

सार्वजनिक सुनुवाईमा विष्णु दाहाल, पदम लेप्चा, मनोज खड्का, देवराज कार्की, सोमबहादुर राई, प्रेम राई, रेश कुमार राईलगायतले प्रश्न राखेका थिए । गेटवेका प्रबन्ध निर्देशक विकासजङ्ग कार्कीले औचित्य माथि प्रकाश पारेको कार्यक्रम सञ्चारकर्मी अनिल वाग्लेले सञ्चालन गरेका थिए । कार्यक्रम रोङ–२ को शान्तिपुर माविमा भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here