मोरङ।
मोरङको बिराटनगर–१३ कोशीप्रोजेक्ट स्थितमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
आज दिउसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री बिराटनगर-१५ बस्ने ६० बर्षीय रतन साहलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालक बिराटनगर १५ का देवीप्रसाद अधिकारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी मोरङ कहटरी -१ स्थित भित्रि सडक खण्डमा अटो चालकको मृत्यु भएको छ ।
आज दिउसो पौने ३ बजे को २ ह ५४९२ नम्बरको अटो चालक विराटनगर–२ का ३५ बर्षीय सुनिल मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनी अटोबाट आफै लडेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली उक्त स्थानमा पुगेर घटनाको अनुसन्धान शुरु गरेको बताइएको छ ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।