फाल्गुनन्द गोल्ड कपको खेल तालिका सार्वजनिक

0
475

नरेन्द्र रिमालlogo-of-purwanchal
पाँचथर,माघ ५ । फिदिम स्पोर्टिङ क्लवले माघ १४ गतेदेखि सञ्चालन गर्न लागेको पाँचौं फाल्गुनन्द गोल्डकपको तयारीलाई तिव्रता दिएको छ ।
यसैवीच क्लवले आज  उक्त प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । सदरमुकाम फिदिम स्थित फिदिम उच्च माविको खेल मैदानमा आयोजना हुने यो प्रतियोगिता पाँचथरको सवै भन्दा ठूलो हो । यसवर्ष प्रतियोगितामा पूर्वका सात र भारतको दार्जेलीङको एक टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । क्लवका महासचिव पासाङ तामाङका अनुसार उद्घाटन  खेलमा आयोजक फिदिम स्पोटिङ क्लव र शशस्त्र प्रहरीवल दमक भिड्ने भएका छन । दोस्रो खेलमा युनाईटेड स्पोर्ट कल्व मोरङ र ताप्लेजुङ फुटवल संघ तेस्रो दिन रेडहर्ष इलाम र एन्फा एकेडेमी धरान ,चौथो दिन युनाईटेड स्पोर्ट क्लव दार्जिेलङ र अनारमनी  फुटवल क्लव झापा  पहिलो चरणमा प्रतियोगिता हुने गरी खेल हुने तालिका सार्वजनिक भएको हो । माघ २१ गनेसम्म चल्ने प्रतियोगिता राष्ट्रिय विभुति तथा किराँत धर्मगुरु  फाल्गुनन्द लिंदेनको स्मृतिमा नाममा खेलाउदै आइएको हो ।
खेलतालिका सार्वजनिक गर्नुसँगै तयारीका अन्य कामलाई पनि तिव्रताका क्लवका अध्यक्ष किरण श्रेष्ठले वताए । श्रेष्ठका अनुसार खेल मैदान व्यवस्थापन,खर्च व्यवस्थापन ,मञ्च व्यवस्थापन लगायतका काम धमाधम भईरहेका छन् । विगत वर्षहरुमा प्रथम विजेतालाई ५० र दोस्रोलाई ३० हजार रुपैंया पुरस्कार दिँइदै आएकोमा यसवर्ष पुरस्कार राशी पनि बृद्वी गरिएको छ ।
पुरस्कार राशी ठीक दोव्वर गरेर प्रथमलाई १ लाख र दोस्रो हुने टिमलाई ६० हजार रुपैंया उपलव्ध गराउने निर्णय आयोजक सस्थाले गरेपछि यस खेलको महत्व अझै वढेको हो । विजेता र उप विजेता टिमले पुरस्कार सहित ट्रफि ,मेडल र प्रमाण पत्र पाउने छन ।
प्रथम पुरस्कारको प्रायोजन थाम्सुहाङ वन्धु समाज वेलायत र हङकङले गर्ने भएको वताइएको छ । यस्तै उपविजेताको नगद पुरस्कार प्रायोजन अघिल्ला वर्षहरु झै यस वर्ष पनि फिदिमका व्यवसायी हरि नेपालले गर्दै छन् । उत्कृष्ठ खेलाडिका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । अष्टे«लीयामा वस्ने पाँचथरवासीले मेडल,ट्रफिका वनाउन  ६० हजार रुपैँया नगद सहयोग गर्ने भएको क्लवका महासचिव पासाङ तामाङले जानकारी दिए ।
फाल्गुनन्दको नाममा २०६५ सालदेखि यो प्रतियोगिता हुन थालेको हो । गोल्ड कपको पहिलो संस्करणमा विर्ता युथ क्लव झापाले उपाधि जितेको थियो भने दोस्रो र तेस्रो लगातार शैनिक युथ क्लव झापाले जितको थियो । यस्तै अघिल्लो  वर्ष सम्पन्न चौथो फाल्गुनन्द कपकोे उपाधि भने शसस्ध प्रहरी वल दमकले हात पारको थियो । यसवर्ष प्रतियोगिता सम्पन्न गर्न १६ लाख ३४ हजार ५ सय रुपैँया खर्च हुने आयोजकले प्रारम्भिक अनुमान गरेको छ । चौधरी गुप्रको वाई वाई चाउचाउ प्रमुख प्रायोजक भएको प्रतियोगितामा पुस्कार ,खेलाडी वास तथा यातायात ,मैदान व्यवस्थापन लगायतका क्रियाकलाप सञ्चालनका क्रममा यतिको खर्च लाग्ने अनुमान गरिएको महासचिव तामाङले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here