पूर्व डिन प्रा.डा. भीष्मराज प्रसाईंको निधन

११ मंसिर २०७७, बिहीबार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व डिन तथा त्रिवि शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक प्रा.डा. भीष्मराज प्रसाईंको कात्तिक १० गते बुधबार ८९ वर्षको उमेरमा निधन भएको छ ।

प्रा.डा. प्रसाईंको मुटुमा समस्या आएपछि गत कात्तिक २८ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारको क्रममा निधन भएको हो ।

झापाको साविक गरामनी गाविस (हाल विर्तामोड नगरपालिका) हुँदै हाल ललितपुर जिल्लाको कुपण्डोल निवासी प्रा.डा. प्रसाईं चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष र उपकुलपति , राजपरिषद्का सदस्यसमेत भएका थिए ।

एक दर्जनजति साहित्यिक कृति प्रकाशित गरेका प्रा.डा. प्रसाईंले भानुभक्त पुरस्कार (नेपाल सरकार), त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्तिलगायत पुरस्कार प्राप्त गरेका थिए ।

नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्धक समेत रहेका प्रा.डा. प्रसाईंको नाममा त्रिवि शिक्षण अस्पतालमा प्रा.डा. प्रसाईंको नाममा बगैँचा (भीष्म गार्डेन) समेत बनाइएको छ ।

प्रा.डा. प्रसाईंका श्रीमती सुभद्रा प्रसाईं, छोरा –बुहारी ई. सगर–ंश्रद्धा प्रसाईं, छोरीहरु डा. सिरु प्रसाईं, सञ्जु प्रसाईं शर्मा, नातिनातिनीहरु लगायत रहेका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here