लागूऔषध सहित एक जना पक्राउ

१२ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–१३ जोगीपोखरीबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका–५ सप्तरीका १९ बर्षीय प्रदिप देउजालाई १९ ट्याब्लेट लागूऔषध नाईटोजेपाम सहित पक्रउ गरेको हो ।

पक्राउ परेका देउजाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here