राजगढ वजारमा सौर्य वत्ती जडान गरिँदै: सस्तो वजारको स्कुटर अधिकारीलाई

0
1284

बिर्तामोड, स्मार्ट सिटीको रुपमा विकसित भइरहेको राजगढ वजारमा सौर्य बत्ती जडान गरिने भएको छ ।
संघीय सांसद राजेन्द्र कुमार लिङ्देनको पहलमा राजगढमा सौर्य वत्ती जडान गर्न लागिएको हो । जसका लागि संघीय सरकारले आर्थिक सहयोग गर्ने झापा क्षेत्र नम्वर ३ वाट निर्वाचित सासंद लिङ्देनले बताउनुभयो ।


बाह्रदशी गाउँपालिका ३ राजगढमा हालै सञ्चालनमा आएको जिल्लाकै सस्तो वजारका नामले परिचित एभरेष्ट सस्तो वजारले आयोजना गरेको दशैं तिहार वम्पर उपहार कार्यक्रमको उद्घाटन गर्नु हुँदै सांसद लिङ्देनले राजगढलाई उज्यालो पार्ने कार्यमा आफूले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बोलदै वाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गरेर लान नयाँ नयाँ गुरु योजनाहरु तयार गर्दै लगेको बताउनुभयो । उहाँले राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गरेर लान स्थानीयको समेत सहयोग रहेको बताउनुभयो ।

एभरेष्ट स्मार्ट वजारका व्यवस्थापक चान महमदको अध्यक्षतामा भएको कार्यक्रममा दशैं तिहार वम्पर उपहारको समेत सार्वजनिक गरिएको थियो । एक हजार भन्दा माथिको सामान खरिदमा प्रदान गरिएको कुपनका आधारमा एक जनालाई स्कुटर प्रदान गरिएको छ । लक्की ड्र मार्फत छनौट भएकाको नाम कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद लिङ्देनले नाम सार्वजनिक गर्नुभयो । एभरेष्ट सस्तो वजारले आयोजना गरेको वम्पर उपहार वाह्रदशी – ३ राजगढ निवासी कुपन नम्वर ७९२ भएकी इन्दिरा अधिकारीलाई परेको छ । उनले वजारको तर्फबाट एक थान स्कूटर हात पारेकी छिन् ।

इन्दिरा अधिकारी 

त्यस्तै पाँच हजार मूल्य वरावरको सान्तवना पुरस्कार कुपन नम्वर ११३६ भएको भौता राजवंशीलाई परेको छ ।
यता फ्युचर केमिकल प्याकेजिङ उद्योग राजगढले ५ जनालाई पुरस्कार प्रदान गरेको छ । लक्की ड्र मार्फत छानिएका कैलाश भट्टराई, रवि गणेश, अग्नि प्रसाद खड्का र विमला वुढाथोकीलाई पुरस्कार प्रदान गरिएको थियो गौरीशंक माध्यमिक विद्यालयका शिक्षक लोचन गुरागाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here