नवनिर्मित अस्थायी प्रहरी चौकीको उद्घाटन

0
1286

सुनसरी ।

अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।

कार्यालयको हाता भित्र एक बिशेष समारोहका बिच नव निर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले समुद्घाटन गर्नु भएको हो ।

अढाई तले सुबिधा सम्पन्न उक्त भवन संसद बिकास कोष, स्थानीय सरकार, सरस्वती सामुदायिक वन, तालतलैया बिकास कोष र स्थानीय जन सहयोग गरी जम्मा ७० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्व सांसद सर्वध्वज साँवा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरवाबु कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, ईटहरी उप(महानगरपालिका प्रमुख तथा सुनसरीका प्रहरी प्रमुख लगायत स्थानीयवासीहरुको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here