ड्राइभर माइलो

१३ मंसिर २०७७, शनिबार मा प्रकाशित

‘के जनताका छोराछोरीले गाडी चलाउनै नपाउने ?’ माइलालाई एकाबिहानै झोंक चल्यो । झोंक चलेर के गर्नु घाँस काटेर नल्याए दिनको मेसो अगाडि सर्दैन । खाटबाट उठेर माइलो घाँस काट्न तल्लाबारीतिर लाग्यो । माइलालाई गाडी चलाउन यसै रहर लागेको होइन । गाडी चलाउनेलाई गाउँमा सबैले सम्मान दृष्टिले हेर्ने गरेको उसले बुझेको थियो ।
गाउँमा बाटो बनाउन, विद्यालय खोल्न, खानेपानी र औषधि उपचारको बन्दोबस्त मिलाउन चालककै मुख्य भूमिका हुने कुरा माइलाले रेडियोको समाचार सुनेर र रातो गाता भएको किताब पढेर थाहा पाएको थियो । चालकमा मात्रै गाउँ–समाजको विकास गर्ने क्षमता हुन्छ भन्ने कुरा माइलो मनमा बारम्बार दोहो¥याइरहन्थ्यो । पवित्र मन्दिरको वरिष्ठ पुजारीले हरदिन गीताको श्लोक दोहो¥याए जस्तै ।

तर, किन हाम्रो चालकले गाउँमा बाटो खन्न नचाहेको होला ? विकास गर्न नचाहेको होला ? गाउँका मान्छे किन अध्यारोमै बस्न बाध्य भएका होलान् ? हातमुख जोर्न पुग्नेसम्मको अर्थोपार्जनका लागि गाउँमा रोजगारी नभएको होला ? असार घर्किसक्दा पनि किसानले मल, बीऊ पाउन किन नसकेका होलान् ? कृषि फसलमा मालिकवर्गकै हालीमुहाली किन रहेको होला ? यस्ता कुराहरूले माइलालाई विक्षिप्त बनाउँथे ।

माइलाले गाडी चलाउन नपाएकोमा होइन, अरू कसैले राम्रोसँग गाडी चलाउन नसकेकोमा उसको अझ बढी टाउको दुखाइ थियो । गाडीको जो चालक थियो– त्यो एकदमै क्रुर र निमर्म थियो । काठमाडौंका सडकमा हुइँकिने ऊ गाउँमा फराकिलो बाटो बनाउन चाहँदैन थियो ।

गाउँलेलाई सधैँ साँघुरै बाटोमा सीमित गर्न चाहने त्यो चालक कहिलेकाहीँ माइलाको गाउँमा आउथ्यो । ऊ आउँदा मान्छेहरू हातमा पुष्पगुच्छा, अबिर र माला बोकेर दश माइल वरदेखि लाम लाग्थे । यो दृष्य माइलालाई खपिनसक्नुको लाग्थ्यो ! कनकि त्यो चालक उनीहरूसँग बोल्न त के राम्ररी हेर्दासम्म हेर्दैनथ्यो । तर, ऊ भन्ने ग¥थ्र्यो– मेरो स्वागत, सत्कारको आयोजना गरेर तिमीहरूप्रति मलाई कृतज्ञ हुने अवसर दिएका छौं । तिमीहरूलाई धन्य छ ।

माइलालाई लाग्थ्यो– ऊ गाउँलेलाई मान्छे नै गन्दैन । नत्र किन गाउँलेलाई ऊ शब्दले मात्र ठिक्क पार्छ ? गाडी ठिकसँग नचलाएर किन बडो लापरबाही र अरूको बेवास्ता गर्दै हुइँक्याउँछ ! जथाभावी चर्को हर्न बजाएर अरुको सातो लिन खोज्छ !
एकदिन बिहान माइलो दूध पु¥याउन केन्द्र गएको थियो । केन्द्रबाट फर्किंदै गर्दा पछाडिबाट हुँइकिँदै आएको गाडीको बेगले धूलै धूलो भएको थियो माइलाको अनुहार ।

‘महाशय ! कालोपत्रे छोडेर कहिलेकाहीँ धुलौटे बाटो पनि हिँड्ने गर्नुस्, धुलो के हो भन्ने हामी सबैले बुझ्न जरूरी छ’ –मुखमा छिरेका धूलोका कण थुक्दै र पुरानो सर्ट पेन्टमा टाँसिएको धुलो टक्टक्याउँदै माइलाले भन्यो । तर निकै पर पुगिसकेको त्यस चालकले माइलाको गाली सुनेन । माइलालाई गाडी चलाउने, फराकिलो बाटो खनेर गाउँसम्म सरर आउने–जाने रहर थियो । तर, गाउँ–समाजमा यस्तो कुरा गर्न निषेध थियो । गाडी चलाउन पाउनु त के गाडी चलाउने कुरा गरेको सुइँकोसम्म पाए भने प्रहरीले पक्रेर जेलमा कोच्थे ।

‘काठमाडौं बस्ने सुकिला मुकिलाले गाडी हाँकेकै छन् नि भाइ !’ माइलाका बाले एकरात निरुत्साहित तरिकाले सोधे– ‘तेत्रो गाडी तैले कसरी हाँक्न सक्छस् ?’ आमा भए केही हौसला दिन्थिन् होला । तर, जन्मिएको केही महिनामै आमा गुमाएको माइलाले त्यस्तो सौभाग्य पाउन सकेन । सिवाय बाबुको अत्तो !

‘संसारका धेरै देशमा पनि पहिला यस्तै थियो । गरिबका छोराछोरीले जब गाडी हाँक्न थाले त्यसपछि मात्रै देश विकास हुन थालेको हो’ रातो गाता भएको किताब पढिरहेको माइलाले बाबुलाई भन्यो । ‘चुप लागेर सुत भाइ । राति धेरैबेर नपढ्’ यति भन्दै सुन्त ओछ्यानतिर लागे । गाउँमा एउटा बाटोमा मात्र कहिलेकाहीँ गाडी चल्न सक्थ्यो । गोरेटामा मान्छे र घोडेटोमा घोडा बाहेक अन्य साधन चल्न असम्भव भएको बताउँदै माइलो साथीहरूलाई यसबारे बारम्बार बताइरहन्थ्यो ।
‘साथीहरू यो गाउँमा गाडी ल्याएरै छोड्नुपर्छ’ घलेटार डाँडाको चौतारमा उभिएर माइलाले जम्मा पारेका साथीहरूलाई उद्घोष ग¥यो, ‘काठमाडौंका ठूलाबडाले मात्र होइन साथीहरू गाडी गरिबका छोराछोरीले पनि चलाउन पाउनुपर्छ । तपाईं हामीले गाडी चलाउन पाउनुपर्छ ।’

माइलाको भाषणपछि अरूले पनि चौतारामा गएर आ–आफ्ना कुरा राखे । ‘एकदिन त हुन्छौं, हुन्छौं हामी चालक हुन्छौं, गाउँमा मोटर ल्याउनलाई बाटो बनाउँछौं’ उनीहरूले एकै स्वरमा गीत गाए । गीत नसकिँदै त्यहाँ आइपुगेको प्रहरी टोलीले उनीहरूलाई तितरबितर ग¥यो । लखेट्दै केहीलाई लठ्ठी बजा¥यो पनि ।
‘तँलाई गाडी कुदाउने कुरा गर्दै नहिँड भनेको होइन ! खाइस् अब’ हस्याङफस्याङ् गर्दै राति घर आइपुगेको माइलालाई बाबुले हकारे ‘घर खानतलासी गरेर तेरा सबै किताब लिएर गए । तँलाई पक्रिने पुर्जी छोडेर गएका छन् । तँलाई अब मार्ने भए ।’

किशोरावस्थाबाट भर्खर–भखैर उकालो लाग्दै गरेको माइलालाई प्रहरीको हर्कतभन्दा बाबुको गालीले आक्रान्त बनायो । तर, बाबुसँग, साथीहरू र गाउँलेहरूसँग अठोट गरेको महान लक्ष्यबाट पछि हट्न माइलो चाहँदैनथ्यो । यस्तो असजिलो परिस्थितिमा माइलाले राति नै एउटा निर्णय ग¥यो– घर छोडेर जङ्गलरित बस्न लाग्यो ।

‘साथीहरू यो महान लक्ष्य प्राप्तिमा हामी एक इञ्च पनि डगमगाउनु हुँदैन’ –माइलाले भन्यो– ‘गाडी चलाउन पाउने कुरा सजिलो चाहिँ छैन । तर, हामी एकजुट भएर लाग्यौं भने असम्भव पनि छैन ।’ माइलासँगै रातारात घर छोडेर जङ्गल पसेका अन्य साथीहरूलाई माइलाले अथ्र्यायो । ‘माल्दाइ तपाईंलाई गाडी हाँक्न चाहिँ आउँछ त ?’ –माइलाको एउटा साथीले प्रश्न ग¥यो । ‘आउँछ, गाडीको एक्सलेटर, क्लज, ब्रेक र गियर हुन्छ’ –माइलाले भन्यो– ‘अहिले मैले जे किताबहरू पढिरहेको छु ती सबैमा गाडी चलाउनेबारे ज्ञान दिइएको छ । मैले सबै बुझेको छु ।’ माइलो अरूबेला पनि साथीहरूसँग आफू गाडी चलाउन सक्षम र योग्य रहेको बताइरहन्थ्यो ।

अगाडिबाट हुइँकिँदै आइरहेको गाडीलाई कसरी साइड दिने, आफू अगाडिको गाडीलाई कसरी ओभरट्याक गर्ने, साइडलाइट कस्तो बेलामा बाल्ने, क्लज नगरी गियर फेर्दा के हुन्छ… गाडी चलाउने सम्बन्धी यस्ता–यस्ता कुराहरू माइलो साथीहरूलाई उत्सुकताका साथ सुनाइरहन्थ्यो । साथीहरू पनि उसका कुरा ध्यान दिएर सुन्थे र त्यो गाडी आफूहरूको काबुमा आउनसाथ चालकमा माइलालाई नै चयन गर्नेमा उनीहरू एकमत थिए । उनीहको जङ्गल बसाइ घरभन्दा धेरै असहज र कष्टकर हुँदै गयो । जङ्गलको बास धेरै अर्थले असुरक्षित पनि थियो । तथापि, उनीहरूले खान र बस्नका लागि आवश्यक प्रबन्ध मिलाएका थिए ।

बेला–बेला भाषण गर्न घलेटारको चौतारमा पुगेका बेला गाउँलेसँग सहयोग मागेर सातु, चामल भेला गर्थे, तरकारी जुटाउँथे । गाउँमा मोटरबाटो बनाउने र आफूहरुले नै चलाएर गाउँमा गाडी भित्र्र्याउने लक्ष्य सुनाएपछि गाउँलेले उनीहरूलाई दिल खोलेर सहयोग गर्थे । छाती उघारेर भरथेग ।माइलाहरूले गाउँमा यस्तो भाषण गरेको थाहा पाएपछि अन्य गाउँमा किशोर र युवाहरू पनि उनीहरूसँग सामेल भए । जसको मूल नेतृत्व माइलाले सम्हालेको थियो । उनीहरूको समूहमा धेरै जना मिसिएपछि र आफूहरूले नै गाडी सञ्चालन गर्ने भाषण बाक्लिँदै गएपछि प्रहरीले पनि उनीहरूमाथि निगरानी बढायो ।
कहिलेकाहीँ त माइलाहरूलाई सहयोग गरेको शंकाकै भरमा गाउँलेमाथि प्रहरीले दमन गर्न थाले । गाउँलेलाई पक्रेर लाने, हिरासतमा राखेर यातना दिनेसम्मका काम प्रहरीले गर्न थाले । माइलाहरूले पनि क्रमशः प्रहरीमाथि आक्रमण गर्न थाले । गाउँका प्रहरी चौकीहरू ध्वस्त पार्दै उनीहरू सदरमुकाम हुँदै शहरतिर बढ्न थाले ।

यसबीचमा गाउँलेहरू र सहरका आम मान्छे माइलाहरूको पक्षमा थिए– किनकि बर्खामास सडकमा हिँड्दा बेपरवाह हिलो छ्याप्ने गाडी चालकबाट सहरबासी पनि आजित भइसकेका थिए । उनीहरूलाई विश्वास थियो– माइलाहरूले गाडी चलाए भने सडकको छेउबाट हिँड्नेहको पनि ख्याल राख्ने छन् । माया गर्नेछन् ।

सयौंदिनको भोकप्यास र हजारौं दिनको अथक हिँडाइपछि माइलाहरू शहर हुँदै काठमाडौं पुगे । जहाँ माइलाहरूको गाउँमा कहिलेकाहीँ आइपुग्ने गाडीको चालक बस्थे । काठमाडौं आएसँग माइलाले आफ्नो अतितको त्यो दिन सम्झियो– जहाँ गाडीको हुइँक्याइले उसको शरीरका सबै कपडा धूलाम्मे बनेको थियो । र, धूलो मुखभित्र छिरेको थियो !
‘हामीले गाडी चलाउन पाउनै पर्छ’ माइलाहरूले एकदिन टुँडिखेलमा उभिएर भने– ‘हाम्रो गाउँमा बाटाहरू बन्नैपर्छ ।’ तर, अफसोच त्यहाँबाट पनि प्रहरीले उनीहरू धरपकड ग¥यो । माइलोसहित केही साथीहरू पक्राउ परे । उनीलाई देशद्रोहको मुद्दामा जेल हालियो । तर केही महिनामै उनीहरू जेलभित्र बाटै सुरुङ खनेर भाग्न सफल भए । भाषण गरेर मात्र गाडी चलाउन नपाइने माइलाहरूले बुझेपछि बृहत आन्दोलन गरी गाडी आफ्नो हातमा पार्न कम्मर कसे । गाउँ–गाउँबाट अन्नपानीसहित उनीहरूले आफ्ना साथीहरू काठमाडौं उतारेर आन्दोलन गरे । काठमाडौं आन्दोलनको बादलमा मडारियो । भाइ, बहिनी र काका, आमाहरूले पनि उनीहरूका गाउँ–गाउँमा आन्दोलनको सिको गरे । ‘माल्दाइहरूले गाडी चलाउन पाउनैपर्छ । हाम्रो गाउँमा मोटरबाटो बन्नैपर्छ’ –उनीहरू नारा लगाउँथे ।

यता माइलाहरूले पानीकै भरमा हप्तौंसम्म आन्दोलन गरे । नारा लगाए । अन्ततः गाडीका चालकले उनीहरूलाई आफ्नो घरमा बोलाए । आन्दोलनलाई जारी राखेर माइलासहित उनका केही साथीहरू चालकको घरमा पुगे । चालकका घरमा पहिलो पटक माइलाहरू पुग्दा आश्चर्य चकित परे । त्यति ठूला सोफ, सफा कार्पेट र इलेक्ट्रिक लाइट उनीहरूले यसअघि देखेका थिएनन् । ‘बस’ चालकले माइलाहरूलाई भने– ‘तिमीहरू तत्काल आन्दोलन भङ्ग गर्छौ भने गाडी तिमीहरूले चलाउन पाउँछौं ।’

‘आन्दोलन अहिलै रोकिँदैन मालिक तपाईंले पहिला गाडीको चाबी हामीलाई दिनुपर्छ । त्यसपछि हामी आन्दोलन रोक्छौं’ –माइलाले भन्यो । दुईपक्षबीच निकै चर्काचर्की परेपछि माइलाहरूले गाडीको चाबी पाए । ‘माइलो बने चालक’, ‘माइलाले हाँक्ने भए गाडी’, ‘माइलाले चलउने भए गाडी, गाउँमा बाटो बन्ने’ भोलिपल्ट पत्रिकाहरूले माइलाको फोटोसहित समाचार छापे । गाउँमा रेडियोले पनि यस्तै समाचार बजाए । गाउँ–गाउँबाट साथी र अभिभावकहरू आएर माइलालाई बधाई र राम्रोसँग गाडी हाँक्नका लागि शुभकामना दिए  ।

केही दिनपछि माइलालाई शुभचिन्तकहरूले गाडी पार्किङ गर्न मिल्ने, सुविधासम्पन्न घरमा बस्नका लागि आग्रह गरे । ‘हामी तपाईंले गाडी हाँकेकोमा खुशी व्यक्त गर्न चाहन्छौं । तपाईंले जहाँ–जहाँ जुन–जुन गाउँमा बाटो खन्न भन्नुहुन्छ मेरो कम्पनी खन्न सक्षम छ’, ती शुभचिन्तकले माइलालाई विश्वस्त पारे । माइलो मख्ख प¥यो ।

माइलासँगै कोही खाली खुट्टै काठमाडौं पसेका थिए त कोही आधासरो च्यातिएको कमिज र गन्जीमा । माइलाले ती सबै साथीहरूलाई बस्नको लागि प्रबन्ध मिलायो । कसैलाई गाडीको टायरको हावा जाँच गर्ने, कसैलाई सफा गर्ने र कसैलाई इन्धनको अवस्थाबारे जानकारी राख्ने जागिर पनि दिलायो । माइलाले दिलाएको रोजगारीसँग पाउने आकर्षक तलबले उनीहरूको दैनिकी सहज, अझै सहज बन्दै गयो ।

यता काठमाडौंमा माइलाहरू शानसँग जिउन थाले । उता गाउँका आमा, काका, भाइ, बहिनीहरू दाजुहरू गाडी लिएर कहिले गाउँ आउलान् भन्दै त्यही धुलौटे बाटो हेर्दै बसिरहे । ‘एकदिन त हुन्छौं, हुन्छौं हामी चालक हुन्छौं, गाउँमा मोटर ल्याउनलाई बाटो बनाउँछौं’ –गाउँका पाखाहरूमा कतै गुञ्जिरह्यो जस्तो पहिला गुञ्जिन्थ्यो !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here