नाका खुलाउन माग गदैं सडकमा उत्रिए व्यवसायी

0
694

काँकरभिट्टा, झापाको मेचीनगरका विभिन्न व्यवसायीहरुले पूर्वीनाकालाई सहज बनाउनुपर्ने तथा मेचीनगर —६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग गदैं शनिबार काँकरभिट्टामा पूदर्शन गरेका छन् । होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाले संयुक्तरुपमा आयोजना बुधबारदेखि नगरमा विरोध प्रदर्शन भइरहेको छ ।

तस्वीर – लोकतन्त्र पोष्टबाट लिइँएको हो ।

काँकरभिट्टा बसपार्कबाट दिउसो २ बजे विचौलियाहरु होशियार, व्यवसायी बन्दीमा, जनता मरे आर्थिक मन्दीमा, रोगले होइन भोकले मर्यौ, यात्रुहरुमा एकीकृत प्रणाली लागू गर, यात्रु आवगमनमा सहजीकरण गर, बन्द नाका खुला गर, उपेक्षित नाकाबन्दी चाहिन्दैंन, होल्डिङ्ग सेन्टरमा गाडी बुक गर्ने कार्य तत्काल बन्द गर जस्ता नारा लेखिएका प्लेकार्डसहित बोकेर नाराजुलुससहित र्यालीले काँकरभिट्टा बजारका मुख्यः मुख्यः भागको परिक्रमा गरेको थियो । र्यालीपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टा अगाडी केहीबेर चर्का नारावाजी गरेका थिए भने बसपार्क नजीकै मुख्यः सडकमा कोणसभा समेत गरेका थिए ।

कोणसभामा बोल्ने वक्ताहरुले कोभिड १९ को संक्रमण देखाएर लामो समयदेखि सरकारले गरेको सिमानाका बन्दका कारण पर्यटकको आवागमन ठप्प भएको जस्का कारण नगरका हरेक व्यवसायीहरले लाखौं आर्थिक व्ययभार व्यहोर्नु परेको भन्दैं अब सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउन माग गरेका थिए । नाकामा आवागमन असहज भएकै कारण पर्यटक आउन नपाएको र त्यसले सवै व्यवसाय ठप्प भएको उनीहरुको थियो ।

वक्ताहरुले मेचीनगर —६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग गदैं त्यहाँ देखिएको विचौलिया प्रवृत्ति र विकृतिको अन्त्य गर्न माग गरेका थिए । होटल ब्यवसायी संघ मेचीनगर महासचिव हस्तकुमार तामाङले सञ्चालन गरेको कोणसभामा बोल्दैं संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले नाकाबन्दीका कारण अरु सबै क्षेत्र सञ्चालनमा आएपनि होटल ब्यवसाय अझै सञ्चालनमा आउन नसकेको गुनासो गरे । होटल खोल्न मात्र नभई अब पर्यटकहरु आउने वातावरणको श्रृजना गर्न माग गर्न उहाँले सम्बन्धि पक्षको ध्यानाकर्षण गराउनुभएको थियो । होटल ब्यवसायी संघका केन्द्रिय सचिव राजु अधिकारीले झापाबाट सुरु भएको प्रदर्शनलाई केन्द्रले समेत एक्यबद्धता जनाएको बताउँदै सरकारसंग नाकाको आवागमन खुला गराउन माग गरिएको बताउनुभयो ।

सयौंको संख्यामा रहेका ब्यवसायीहरुले जुलुसमा ‘उपेक्षित नाकाबन्दी चाहिँदैन, बन्द नाका खुला गर, ब्यवसायी बन्दीमा जनता मरे आर्थिक मन्दिमा,’लगायतका नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

कोणसभालाई मेची उद्योग बाणिजय संघ मेचीनगरका महिला उपाध्यक्ष विना तामाङ्ग, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपाल फेवा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका मेचीनगर अध्यक्ष खडानन्द भण्डारीलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here