लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

१४ मंसिर २०७७, आईतवार मा प्रकाशित

बिराटनगर । 

सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान–३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यता वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार राती लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–४ डाँगीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर–४ का १९ बर्षीय पुष्कर थापा, भद्रपुर–५ का २६ बर्षीय मदन बिक, हल्दिवारी गाउँपालिका–१ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका–४ का २१ बर्षीय राजन माझीलाई ७ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here