दलित तथा विपन्न ४३ घरधुरीलाई खाद्यान्न सहयोग

१६ मंसिर २०७७, मंगलवार मा प्रकाशित

सिमकोट,

हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका अतिविपन्न तथा दलित समुदायका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सोही वडाका तोर्पागाउँका पे्रमदोर्जे लामाकोे व्यक्तिगत सहयोग तथा छिरिनपाल्देन लामाको सहकार्यमा खाद्यान्न वितरण गरिएको हो ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण केही राहत होस् भन्ने उद्देश्यका साथ बरगाउँका ४३ दलित तथा अतिविपन्न वर्ग, पिछडिएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको छिरिनपाल्देन लामाले बताउनुभयो ।

उक्त गाउँका प्रतिघरपरिवारलाई २५ किलोको दरले ४३ बोरा बासमती चामल वितरण गरिएको लामाले बताउनुभयो ।हुम्लादेखि पहिलो सगरमाथा आरोही गर्ने प्रेमदोर्जे लामाले मङ्सिर १४ गते नेपालगञ्जबाट हवाईमार्फत ढुवानी गरी गाउँमा पुर्याएर राहत सहयोग गरिएको हो ।

देशभर कोभिड–१९ शुरु भएदेखि नै बरगाउँका दलितलाई खानाको समस्या हुने भएपछि आफूले उनीहरुका लागि सानो सहयोग गरेको प्रेम लामाले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here