फागो परिवारलाई पितृ शोक

१६ मंसिर २०७७, मंगलवार मा प्रकाशित

उमानाथ भण्डारी,कमल ।

चुलाचुली गाउँपालिका वडा नम्वर १ निवासी हर्कप्रसाद फागोको सोमवार साँझ पौने सात बजे ८४ वर्षको उमेरमा निधन भएको छ ।

विगत लामो समय देखि चुलाचुली गाउँपालिका वडा नम्वर १ मा बस्दै आउनु भएका फागोको दम रोगमा कारण मृत्यु भएको परिवारिक श्रोतले जनाएको छ । स्वर्गिय फागोका ७ भाई छोरा र ४ बैनि छोरी हुनुहुन्छ ।

मृतक फागोका सबै जना छोरा सामाजिक तथा राजनितीमा आवद्ध हुनुहुन्छ । जेठा छोरा गणेश फागो नेपाली काग्रेस चुलाचुली गाउँसभापति हुनुहुन्छ , जन्तरे छोरा छत्रहाङ्ग फागो नेकपा कमलगाउँ कमिटी सचिवालय सदस्य र वडा नम्वर ३ ईन्चार्ज तथा नेपाल आदीवासि जनजाती महाँसघ कमलगाउँपालिकाको अध्यक्ष हुनुहुन्छ भने कान्छो छोरा गौरीमान फागो प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा नेपाली काग्रेस सम्वद्ध आदिवासिजनजाती महासंघ क्षेत्रिय सभापति हुनुहुन्छ ।

माईलो, साईलो र अन्तरे छोराहरु क्रमस स्वर्गिय वल बहादुर फागो, डिल्लि विक्रम फागो , कमल कुमार फागो सामाजिक व्यात्तित्व हुनुहुन्थ्यो।

स्वर्गिय फागोको आजै चुलाचुली गाउँपालिका वडा नम्वर १ स्थित चुलिमा १२.३० मा अन्त्यष्टि गरिने पारिवारी श्रोतले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here