सैनिक र रक्षा नेपाल विजयी

0
334

bidesi 1 2
बिर्तामोड,माघ ६ । झापाको डोमालाल रङ्गशालामा जारी जिल्लास्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगितामा सोमबार सैनिक युथ क्लब र रक्षा नेपाल क्लब विजयी भए ।
पहिलो खेलमा रक्षा नेपालले काँकरभिट्टा क्लबलाई ५–१ गोल अन्तरमा पराजित ग¥यो । रक्षा नेपालका विक्रम कार्कीले ह्याट्रिक गरे भने लक्ष्मण चौधरीले दुई गोल । काँकरभिट्टाका लागि रमेश बस्नेतले सान्त्वना गोल फर्काए ।
दोस्रो खेलमा सैनिकले ४–० गोल अन्तरमा मेची फुटबल क्लबलाई पाखा लगायो । सैनिकका लागि अनिल कार्कीले दुई, सुवास शङ्कर र हङ्सु लिङ्दमले गोल गरे ।
झापा जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा मङ्गलबार आदर्श युवा क्लब र बिर्तामोड युथ क्लब तथा अनारमनी फुटबल क्लब र मेची कृषक सहकारी क्लबबीच खेल हुने बरिष्ठ प्रशिक्षक भगिरथ आले ‘मामा’ले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here