आत्मालोचना जितको कवच हुन्छ

१८ मंसिर २०७७, बिहीबार मा प्रकाशित
  • 207
  •  
  •  
  •  
  •  
  •  
    207
    Shares

देशमा हाल विकसित भइरहेका घटनाक्रमले ठूलै आँधीबेहरी ल्याउने त्रास बढेर गएको छ । एउटै विमानका दुई चालकहरुका बीचको वाकयुद्ध, आक्रोश र ‘जोगी भैंसी’को सम्बन्धका कारण स्थिर शासन, विकासको निरन्तरता लगायतका जनअपेक्षाको आकाशमा कालो बादल बाक्लिँदैछ । सत्तारुढ दलका अध्यक्षहरुका बीचको मनमुटाव बजारमा छरपस्ट भएपछि सरकारको आशामा बसेका आम जनता बाबु–आमाको झगडाले पेटको भोक बिर्सिएका छोराछोरी सरह भएका छन् । नेकपाका दुई अध्यक्षबीचको असझदारी ‘प्रतिवेदन युद्ध’मा परिणत हुँदा डाकिएको बैठक पनि निरर्थक हुँदै गइरहेको छ । यसले स्वतन्त्र नागरिक मात्र होइन सम्बद्ध दलका कार्यकर्ताहरुमा समेत अनिश्चय, अन्यौल र अस्थिरता बढ्न थालेको छ । पार्टी हाँक्ने अध्यक्षका कुरा सरकार हाँक्ने अर्का अध्यक्षले नसुनेपछि दुबैकाबीच बढेको अविश्वासले ठूलै दुर्घटना निम्त्याउने त होइन, आशंका थपिएको छ ।

त्यसै पनि आम जनताले सरकार अर्थात् अभिभावकको संरक्षण प्राप्त छ भन्ने अनुभूति गर्न पाइरहेका छैनन् । विद्यमान कोरोना नामको महामारीले जीवन पद्धति नै आक्रान्त भइरहेका बेला, देशका सम्पूर्ण अवयवहरु काम नलाग्ने गरी थन्किएका छन् । यस्तो समय विकल्प खोज्ने, राहत दिने, संरक्षण गर्ने, अभिभावकत्व प्रदान गर्ने जस्ता कार्यमा सरकार जिम्मेवार देखिएको छैन मात्र होइन बेखबर बनिएको टिप्पणी सुनिन थालेको धेरै भयो । सरकारलाई खबरदारी गर्नुपर्ने, ठीक बाटोमा हिँडाउन दवाव दिनुपर्ने प्रतिपक्षी दलको दायित्व किञ्चित निर्वाह भइरहेको छैन । यस्तो बेला विमानका दुई चालकहरु र परिवर्तनका संवाहक ठान्ने दल र तिनका नेतृत्व पंक्तिले आफ्नो जिम्मेवारी, गतिविधि र कामकार्वाहीको आत्मसमीक्षा गर्नैैपर्छ । यदि त्यसो नगरिए देशसँगै उनीहरुको अस्तित्व माथि उत्पन्न संकट अनपेक्षित परिणाममा बदल्न समय लाग्दैन ।

हामीकहाँ राजसंस्थाले एक सय छियालीस वर्ष, राणाशासनले एक सय चार वर्ष र पञ्चायती व्यवस्थाले र बहुदलीय पद्धतिले तीन दशक शासन सञ्चालन गरिसकेको छ । निरंकुशताविरुद्ध लड्ने भनिएका दलहरुको नेतृत्वमा जनताले के पाए ? देशले कति विकासको फड्को मा¥यो ? त्यो इतिहासले मूल्यांकन गर्ला । तर, जनतालाई दिएका आश्वासन पूरा हुनुको साटो व्यक्ति, दल र राजनीतिक स्वार्थ बाहेक आम जनताले अनुभूत गर्न सक्ने उपलब्धी हासिल हुन सकेको छैन। यस्तो बेला परम्परागत शक्तिले राज्यस्रोतले दोहन ग¥यो, नागरिकलाई रैती बनायो भनेर आन्दोलनबाट पाखा लगाइएको भनिने शक्तिलाई आम जनताले विकल्प खोजे भने अनौठो लाग्ने छैन । सरकार भ्रष्टाचारमा लिप्त भएको, यसको निवारण गर्ने संस्था सत्ताको कठपुतली भएको भन्ने आरोपलाई जिम्मेवार संस्थाले निरुपण गर्न ढिला गर्नुहुँदैन । दुईचारको स्वार्थ र छिमेकीहरुको उक्साहटले गुमेको संस्थाप्रति जनताको चासो र समर्थन बढ्यो भनेर ‘चिया गफ’ गर्नुभन्दा आत्मसमीक्षा र आलोचना गर्दै जनहितमा काम गर्न सरकार गम्भीर बन्नुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here