मेचीनगरमा महिला हिंसा विरुद्धको दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु

१८ मंसिर २०७७, बिहीबार मा प्रकाशित

काँकरभिट्टा ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा झापाको मेचीनगर नगरपालिकामा विहीबारबाट महिला हिंसा विरुद्घको दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्घता, व्यक्ति , समाज र सवैको ऐक्यवद्घता’ भन्ने नारा सहित शुरु अभियानका अवसरमा नगरपालिका महिला विकास शाखाले आयोजना गरेको कार्यक्रम शुक्रबारसम्म चल्ने छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको अध्यक्षतामा शुरु कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले व्यानर वाचन गरेर उद्घाटन गर्नुभएको थियो । अभिमुखीकरणमा सहभागीहरुलाई पहिलो दिन अधिवक्ता कविता शर्माले विविध विषयमा जानकारी गराउनुहुने छ ।

उहाँले लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका बारेमा समेत सहभागीहरुलाई जानकारी गराउनुभयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, महिला हिंसाको स्वरुपमा परिवर्तन, हिंसा निवारणका लागि ध्यान दिनुपर्ने विषयवस्तु समेटिएको अवधारणा पत्र प्रस्तुत गर्नुभयो ।

अधिवक्ता शर्माले स्थानीय तहमा आएका उजुरीबाट स्थानीय स्तरमा कस्ता प्रकारका लैङ्गिक हिंसा रहेका छन् भनेर हेर्न सहज हुने भन्दैं यसका आधारमा लैङ्गिक हिंसा निवारणका कार्यक्रम बनाउन र परिमार्जन गर्न सहजहुने सहभागीहरुलाई बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा नै विवाद निरुपण हुन सकेको खण्डमा अंगभंग हुने, आत्महत्या गर्नै, हत्या हुने अवस्थासम्म पुग्ने जोखिम न्यून रहने र प्रारम्भिक चरणमै विवाद निरुपणका लागि नजिकको भरपर्दाे निकाय स्थानीय तह नै रहेको जानकारी गराउनुभयो ।

महिला हिंसा निवारणमा स्थानीय तहले राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, प्रहरी कार्यालय, महिला सेल अदालत नागरिकस्तरका संघ संस्थासँग हिंसाका घटनामा र महिला सशक्तिकरणका लागि अन्य सम्बन्धित निकायसँग सक्रिय सहकार्य बढाउन रहेको आवश्यकता औल्याउनुभयो ।

नगरपालिकाका महिला विकास निरीक्षक जयन्ती खरेलका अनुसार कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, वडास्तरीय मेलमिलाप समितिका पदाधिकारी र महिला तथा बालबालिकाकाक्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख प्रतिनिधिसहित २५ जना सहभागी छन् । शुक्रबार नगरका कार्यवहाक प्रमुख उप्रेतीले कार्यपत्र प्रस्तुत गर्ने तथा नगरपालिकामा हिंसाका घटना कम गर्न कस्तो नीति बनाउने तथा त्यसमा कसरी वजेट विनियोजन गर्ने विषयमा चर्चा हुने छ । उद्घाटन कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ कार्यकारी अधिकृत अनन्तप्रकाश वस्तीले गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो ।

सामान्यरुपमा हामीले महिला हिंसा यौन शोषण,सार्वजनिक वा निजी जीवनमा, लैङ्गिक आधारमा कसैप्रति शारीरिक, यौनजन्य, वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य पनि लैङ्गिक हिंसा तथा महिलाहरूलाई उनीहरूको अधिकार र स्वतन्त्रताको उपयोगबाट वञ्चित गर्नु पनि महिला हिंसा भएको महलिा अधिकारकर्मीहरुको भनाई छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here