स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै १५ शैयाको अस्पताल बनाइने

१८ मंसिर २०७७, बिहीबार मा प्रकाशित

झापा ।

शिवगञ्ज र शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेकोे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउने तयारी सुरु भएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

‘शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र’ को स्तरोन्नतिसँगै ‘शिवगञ्ज आधारभुत अस्पताल’ नामकरण गरिएको वडा अध्यक्ष खुलालले बताएका छन् । ‘प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएसँगै यहाँबाट प्रदान गरिने सेवा पनि विस्तार हुने भएको छ ।

आवश्यक दक्ष जनशक्तिको पनि व्यवस्थापन हुने शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले बताए् । नगरप्रमुख शेर्मा भने, ‘अब भौतिक पूर्वाधार तथा औजारको व्यवस्थापन गरेर अस्पतालबाट हुने सेवा यहीँबाट सुरु हुन्छ ।’ बिरामीको अन्यत्र जानुपर्ने बाध्यता समेत हट्ने नगर प्रमुख शेर्माले बताए ।

शिवगञ्ज आधारभुत अस्पतालमा ३ जना मेडिकल अधिकृत सहित २७ जनाको दरबन्दी हुने छ । शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रले यस अघि सर्बसाधरणलाई अस्पतालबाट प्रदान गरिने सेवा दिँदै आएको थियो । पछिल्ला दिनमा स्वास्थ्य केन्द्रमा कार्यरत एमविविएस डक्टरको सरुवा भएपछि त्यो सेवा प्रभावित बनेको थियो ।

अस्पताल निर्माणका लागि जनआदर्श माध्यमिक विद्यालयले १ विघाह जग्गा शिवगञ्ज आधारभुत अस्पतालाई प्रदान गरेपछि शिवगञ्जमा १५ शैयाको आधारभुत अस्पताल भित्रिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष समेत रहेका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्कीले शिवसताक्षी नगरमा आफ्नो अथक प्रयास पछि शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गराउन सफल भएको सुनाए ।

‘शिवसताक्षी नगरलाई स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्यका क्षेत्रमा नगरवासीको पहुँच विस्तार गर्न १५ शैयाको अस्पताल विस्तार गर्न सबैको रचनात्मक सहयोग छ,’ उनले भने ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी थप गुणस्तरीय सेवा प्रदान हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । दक्ष र अनुभवी चिकित्सकद्वारा आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा लिन पाउने भएपछि समय र खर्चको बचत हुनाका साथै स्वास्थ्य उपचारको अभावकै कारण अकालमै ज्यान गुमाउने पीडादायी अवस्थाको पनि अन्त्य हुने स्थानीयवासीको विश्वास छ ।

शिवगञ्जमा आधारभुत अस्पताल स्थापना भएपछि शिवसताक्षी नगरपालिकाको सबै वडा सहित झापा गाँउपालिका, गौरिगञ्ज गाँउपालिका, गौरादह नगरपालिका र कमल गाँउपालिकाको केहि वडाका स्थानीय लाभान्वीत हुने भएका छन ।

प्राथमिक स्वास्थ्य केन्द्रबाट शिवगञ्ज आधारभुत अस्पतालमा स्तरोन्नति हुँदा सामान्य शल्यक्रिया सेवा, जटिल प्रकारका प्रसूति सेवा, हर्निया, हाइड्रोसिल, एपेन्डिक्सजस्ता रोगको शल्यक्रिया सेवा दिन सकिन्छ’, शिवसताक्षँी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, ‘आवश्यकतानुसार तालिम प्रदान गर्ने तथा दक्ष जनशक्तिद्वारा गुणस्तरीय सेवाका साथै यसअघि प्रदान भइरहेका सेवालाई थप व्यवस्थित गर्दै अस्पतालको सबै सेवाको स्तरलाई पनि बढाउँदै जानेछौँ ।’

शिवसताक्षी नगरपालिकाले बिहीबार शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र परिषरमा एक कार्यक्रमको आयोजना गरि शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले शिलान्यास गरेका छन् ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षता भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल ,नेपाली कांग्रेस महासमिति सदस्य भक्ति सिटौला, नेकपाका झापा सचिवालय सदस्य राधाकृष्ण खनाल, नेकपाका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुँगाना लगायतले विषम परिस्थितीमा पनि सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर बृद्धी गरी शिवगञ्ज आधारभुत अस्पताल निर्माण गर्ने कार्यको प्रसंसा गरे ।

सामाजिक विकास समितिका संयोजक छबिलाल पाठकले स्वागत गरेको कार्यक्रम नगरकी प्रमुख प्रसासकिय अधिकृत गीताकुमारी राईले संचालन गरेकी थिइन् । अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोज भएको छ । विनियोजित मध्ये ३ करोड २३ लाख रुपैयाँ चालु वर्षमा खर्चहुने गरी निकासा भएको वडा अध्यक्ष खुलालले बताए । उनका अनुसार २ वर्ष भित्रमा अस्पतालको भवन निर्माण हुने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here