वीरता लेडी जेसीजलाई ‘जेसीज अफ द मन्थ नोभेम्बर’ को अवार्ड

१९ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

तुलसीप्रसाद निरौला, बिर्तामोड ।

नेपाल जेसीजले झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजलाई सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गर्दै ‘जेसीज अफ द मन्थ नोभेम्बर २०२० एरिया ए’ को अवार्ड प्रदान गरेको छ ।

 

नेपाल जेसीजले हरेक महिना कार्यसम्पादनको आधारमा उत्कृष्ट शाखा चयन गरी पुरस्कृत गर्दै आएकोमा वीरता लेडी जेसीजलाई सामाजिक तथा मानवीय सेवा र व्यक्तित्व तथा नेतृत्व विकासको क्षेत्रमा गरेका विभिन्न कार्यलाई मूल्यांकन गर्दै ‘जेसीज अफ द मन्थ नोभेम्वर २०२० एरिया ए’ को अवार्ड प्रदान गरेको हो ।

वीरता लेडी जेसीजले सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ नोभेम्बर २०२० एरिया ए’ को अवार्ड प्रदान गरेकोमा वीरता लेडी जेसीजकी अध्यक्ष सुष्मा भण्डारी पौडेलले शाखालाई हौसला प्राप्त भएकोे बताइन् ।

उनले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकर, क्षेत्र ‘क’ का लागि नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विजय गुरुङ, निरुपित राष्ट्रिय उपाध्यक्ष गोविन्द पंगेनी लगायत नेपाल जेसीजका बोर्डका पदाधिकारीहरुप्रति आभार व्यक्त गरिन् ।
त्यस्तै उनले वीरता लेडी जेसीजको यो उत्कृष्ट कार्यका लागि भूमिका निर्वाह गर्ने सन् २०२० को बोर्ड, संयोजकहरु,सदस्यहरु, संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु, अन्य सहयोगी शुभचिन्तक सवैमा धन्यवाद ज्ञापन गरेकी छिन् ।

वीरता लेडी जेसीजले नोभेम्वर महिनामा बिर्तामोड नगरपालिकाको पूर्वी सिमाना आरम्भ हुने स्थानमा सडक सुरक्षा वोर्ड राखेको थियो भने बिर्तामोडमा साइकल दौड प्रतियोगिता आयोजना गरेको थियो ।

त्यस्तै दुईतले घरको छतबाट खसेर मेरुदण्डको हड्डी भाँचिएर जीवनमरणको दोसाँधमा रहेकी मेचीनगर –९ दुर्गाटोलकी शान्ता अधिकारीलाई आर्थिक सहयोग गरेको थियो । त्यस्तै बिर्तामोडको मुक्तिचोकको जनआन्दोलन स्तम्भमा सरसफाईसहित पुष्परोपण गर्नुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई चार थान ट्राफिक सचेतनामुलक बोर्र्ड प्रदान गरेको महासचिव सगिता गिरीले जानकारी दिइन् ।

नेपाल जेसीजमा देशभर एक सय ४२ शाखा छन् भने क्षेत्र ‘क’ मा ३७ वटा शाखा रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here