जिउ दुख्ने, खान मन नलाग्ने शारीरिक आलश्यता बढ्ने क्रम चलिनै रहेको थियो । सामान्य सिटामोल र घरेलु औषधि सेवन गर्दागर्दै सात दिन बितेछ, अब भने ओछ्यानै लाग्नुपर्ने अवस्था भयो । १०२ डिग्रीभन्दा बढी ज्वरोले सताउन थाली सकेपछि परिवारमा सबैलाई शंका भयो र कात्तिक २७ गते पीसीआर परीक्षण गरियो । २८ गते रिपोर्ट पोजेटिभ आयो यति बेलासम्ममा बेडबाट उठ्न नसक्ने अवस्था भइसकेको थियो । पे्रसर घटेर ८०÷५० मा झरेछ, अझ कोरोना पोजेटिभ भन्ने बित्तिकै होसहवास नै हरायो । लगातारको खोकी, ज्वरो र लो प्रेसरले स्थिति झनै भयावह बन्दै गएछ । कात्तिक २३ गतेदेखिको लक्षण २८ गतेमात्रै पुष्टि हुँदा परिवारका सदस्य कोही अलग बस्ने कुरै भएन । सबैमा संक्रमणको त्रासले सताइए पनि मेरो नाजुक अवस्था देखेर सबै मेरै सेवा र उपचारमा तल्लिन रहनुपर्ने बाध्यता परिवारमा प¥यो ।
हुन त श्रीमती सुजनाजीलाई पनि संक्रमणले सताउँदै लगेको रहेछ । तर, घरमा आफूभन्दा साह्रो अरु देखियो भने आफ्नो व्यथा त्यसै कम हुने हुँदा उनले ऐया पनि नभनि मलाई उठाउने, सुताउने, पानीपट्टी लगाउने काममा नै दिन र रात नभनी खटेपछि उनलाई आफ्नो व्यथा सम्झने र कसैलाई सुनाउने मौकै सायद नमिलेको हुन सक्छ । औषधि सेवन भने नियमित उनको पनि चलिनै रह्यो । कोरोना संक्रमणको जानकारी घर–परिवार आफन्त हुँदै एकैदिनमा देश–विदेशसम्म फैलियो । यो विपद्को समयमा हाम्रो स्वास्थ्य स्थितिबारे बुझ्न र सुझाव, सल्लाह दिन देश–विदेशबाट मोबाइलमा हजारौं कल र म्यासेज आए छन् ।
धेरैले आ–आफ्नो घर–घराट माता पाथीभरासँग स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना र पूजाको आयोजना गरेको समेत सुन्न पाउँदा मन निक्कै प्रफुल्ल र भावुक बनेको छ । म्यासेञ्जर, भाइबर र फोनमा मात्रै करिब हजारभन्दा बढीले स्वास्थ्य लाभको कामना गर्दै जिज्ञासा राख्नुभएको रहेछ । कसैको उत्तर दिन सकिएन, किनकि म अर्धचेत अवस्थामा अक्सिजनको सहारामा मर्दै र बौरिँदै रहेछु । सात दिनसम्म होस नै थिएन । श्रीमती, छोराछोरी र ज्वाइँले आफ्नो ज्यानको समेत ख्याल नगरी उठाउने, सुताउने अक्सिजन, निभुलाइजर सुगर, प्रेसर अक्सिजन लेभलको बारम्बार चेकजाँचसँगै स्वास्थ्यकर्मीको परामर्शमा औषधि चलाउनु भएछ । म होसमा आउँदा घरमा या अस्पतालमा छु एक क्षयण छुट्याउनै गाह्रो भयो । अस्पतालमा प्रयोग गरिने सबै सेवासुबिधा घरैमा जुटिसकेका रहेछन् ।
स्वास्थ्य परामर्शदाता सूरुची मेडिकलका सञ्चालक आदरणीय कृष्ण गिरीको स्वास्थ्य परामर्श, मेरा अनन्य मित्र एचडी हेयर एण्ड डर्मा सेन्टर झापाका डा. मनुराम चिमरियाबाट लगातारको स्वास्थ्य सेवा, प्राण रोकिनै लागेको बेला मुखमा लगेर अक्सिजन जोडिदिने आदरणीय ज्ञानुराम प्रसाईको मानवीय सहयोग, रोग सर्छ भन्ने थाहा हुँदाहुँदै पनि मन मिचेर मेरो कोठासम्म पुगेर मलाई हौसला प्रदान गर्नुहुने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, पलपलको स्वास्थ्य स्थितिबारे जानकारी लिइरहने पत्रकार महासंघ झापा सदस्य तथा स्वास्थ्यकर्मी मीनप्रकाश उप्रेतीको स्वास्थ्य परामर्श, समूहका संरक्षक मनोज निरौला, आफू संक्रमित भई सकेपछि आफ्नो भोगाइ शेयर गर्दै मेरो सेवामा तल्लीन समूहका सदस्य माधवप्रसाद सिटौला, अमेरिकाबाट हरेक दिन फोन गरी स्वास्थ्य स्थितिबारे जिज्ञासा राखिरहने भाञ्जी रचना संक्रमित भएको खबर सुन्ने बित्तिकै घरमा पुगेर स्वास्थ्य लाभको कामजा गर्दै हौसला प्रदान गर्नुहुने नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष एकराज गिरी, सचिव केशव भट्टराई महासंघ कार्यालय सचिव खेमराज बराल लगायत हेर्न आउने समस्त कलाकर्मी साथीहरुप्रति नतमस्तक छु ।
झापा नाटक घर निर्माणको मेरो सपना र सोचलाई ऊर्जा प्रदान गर्दै अन्तरहृदयबाट सधैँ यस संस्थाको उन्नति र प्रगतिका लागि कलम चलाइ आम समुदायलाई हाम्रो सपनाको सारथी बन्न आह्वान गर्ने पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाको मर्मस्पर्शी प्रेरणा र हरेक दिनको ऊर्जाशील अभिब्यक्तिले समेत संक्रमण जितेर कर्म क्षेत्रमा लाग्न प्रेरणा मिलिरह्यो । तपाईले अझै आस्थाका लाखांै इँटा समातेर हजारौंका भावनाको सम्मान गर्दै जिउँदो इतिहास रच्न बाँकी नै छ, कोरोनासँग किन डराउनुभएको भन्ने उहाँका भनाइ अहिले पनि कानमा गुञ्जिरहेका छन् ।
त्यस्तै सेवा गर्ने मेरा आफन्तजन, घरको फोन नउठेपछि गाउँ घर र छरछिमेकबाटसम्म खबर लिइरहने, आफ्नो फेसबुक वालमार्फत मेरो स्वास्थ्य लाभको कामना गरिरहने मेरा भगवानरुपी मान्यजनहरु, मैले कोरानालाई मात्रै जितिन मेरा शुभचिन्तक र आफन्तको म प्रतिको श्रद्धा, अगाध स्नेह र ममतालाई समेत नजिकबाट बुझ्ने मौका पाएँ । कतिपय छरछिमेक र आफन्तहरु यस्तासम्म भेटियो सहज अवस्थामा एउटै लक्ष्य र उद्देश्य बोकेर सँगसँगै हिँडेका घण्टौंघण्टा फोनमा कुरा गरिरहने, मित्रता र छरछिमेक भनेपछि ज्यान दिने व्यक्तिहरु कोरोना लागेपछि फोन गर्दा नि सर्छ जस्तो गरी टाढिएको, घरतिर फर्केर हेर्दा पनि मरी हालिन्छ जस्तो व्यवहार देखाएको, कोरोना लागेको मान्छे पापी हो, अपराधी हो, ज्यानमारा हो भन्ने भान भए जस्तो भेटघाट र सर सहयोगमा आउनेलाई समेत त्यो घरमा पुगेर आइस भने हाम्रोमा नपस्नु, १४ दिन क्वारेन्टाइनमा बसेर आउनु, घरमा पालेको कुकुरलाई पनि माक्स लगाउनु भनेर उर्दी जाहेर गर्दै आफू मृत सञ्जिवनीको बुटि बाँधी अजम्बरीको आशीर्वाद लिएर धर्तीमा आए जस्ता छरछिमेकी र आफन्त समेत कोरोना संक्रमणको समयमा भेटिनुभएको छ । उहाँहरुको अज्ञानता र अशिक्षाको ज्वलन्त उदाहरण बन्दै भविष्यमा सेवा गर्ने मौका मिलोस् भगवानसँग यही प्रार्थना पनि यो समयमा गर्न पुगिएछ ।
अपवादमा आएका यी र यस्ता घटनाभन्दा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २०औं हजारभन्दा बढिले म प्रति गरेको प्रार्थना कै पुकारले नयाँ जीवन पाएको छु । हुन त अझै शरीरमा कमजोरी छ । हिँडडुल गर्न सकिएको छैन, खाना रुच्दैन, खोकी लागी नै रहेको छ । पीसीआर नेगेटिभ आए पनि शरीरमा अझै कमजोरी र शिथिलता यथाबत नै छ । म यथाशक्य ठीक भएपश्चात् सामाजिक अभियानमा फर्कने नै छु । तपाईंहरुले दिनुभएको साथ र मेरो जीवनको एकमात्र सपना प्रदेश नं. १ कै ऐतिहासिक धरोहरकारुपमा निर्माणाधीन बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माण कार्य पूरा गर्ने कर्ममा मन गइसकेको छ । तन पुग्न केही समय पर्खनु नै पर्ला जस्तो छ । सबैजना सजक र सचेत रहनु होला सुन्नु र भोग्नु धेरै फरक कुरा रहेछ ।
जसलाइ पर्छ उसैले सहनुपर्ने रोग लागि हाले पनि बिरामीलाई पारिवारिक माया र सेवामा कमी नगर्नु भरसक अस्पतालको सेवा घरमै दिएर राख्न सकिँदोरहेछ । अस्पतालमा हुने एकरात एकदिनको खर्चले घरमै सबै सामग्रीको राम्रो व्यवस्थापन गर्न सकिँदोरहेछ । सुनेको हल्ला जस्तो अरुमा सरी हाल्ने भेटिहाल्ने होइन परिवारले नगरेको सेवा अस्पताल ले गर्छ भन्ने विश्वास नराखांै । परिवारका सदस्य जो कोहीमा संक्रमणको लक्षण देखिएमा सर्वप्रथम पीसीआर परीक्षण गरिहाल्ने, पीसीआर पोजेटिभ आएमा सर्वप्रथम सिटिभ्यालु हेर्ने, यदि सिटिभ्यालु २४ भन्दा तल भएमा संक्रमण अरुमा सर्ने सम्भावना रहन्छ । तर, सिटिभ्यालु २४ वा २४ भन्दा माथि रहेमा निर्धक्क भएर संक्रमितको साथ बसी सेवा गरांै । यो अवस्थामा अरुमा सर्ने सम्भावना नै न्यून हुन्छ । यो सर्दैन, डराउनु पर्दैन ।
संक्रमितमा अरु दिर्घरोगको समस्या भए सास फेर्न समस्या भए तुरुन्त अक्सिजन लेभल मिसिन स्वास्थ्य संस्थाबाट खरिद गरी ल्याउने यो १२ देखि २५ सय रुपैयाँसम्ममा पाइन्छ । यसले संक्रमितको अक्सिजन लेभल जाँच गर्न सकिन्छ । साधारण स्वास्थ्य मानिसको अक्सिजन लेभल ९९ हुन्छ संक्रमितको ९० देखि ९४ सम्म सामान्य मानिन्छ । त्यो भन्दा तल भयो भने संक्रमितलाई तुरुन्तै अक्सिजन दिनुपर्छ नत्र अक्सिजन नपुगेर संक्रमितको ज्यान जाने हुँदा यो अवस्थामा अस्पताल नलगी घरमै अक्सिजन ल्याएर दिनु उत्तम र बिरामी सुरक्षित रहन पनि सक्छ । संक्रमितको कोरोना भाइरसबाट मृत्यु हुने मूल कारण नै फोक्सोले पर्याप्त मात्रामा अक्सिजन लिन नसक्दा र निमोनियामूलतः मैले अनुभव गरेका दुईमात्रै कारण हो ।
त्यसैले निमोनियाबाट बचाउन संक्रमण पुष्टि हुने बित्तिकै पाँच दिन स्वास्थ्यकर्मीको परामर्शमा इजिथो माइसन सेवन गर्ने यति निमोनिया शुरु नै भएको पाइएमा निभुलाइजर मेसिन र त्यसमा लाग्ने औषधि खरिद गरी घरमै लानु होस र दिनको चारपटक संक्रमितलाई सेवा दिने गरेमा निमोनियाबाट बचाउन सकिँदोरहेछ । यसका साथै मिक्स भिटामिन, फेक्सो फेरिडायन भिटामिन सि, भिटामिन डिजिङ्क प्यारा सिटामोेल, स्वास्थ्यकर्मीको परामर्शमा सेवन गराउने यस बाहेक दिनको चार पटकसम्म निम, सिमाली, तितेपाती बेसार हालेर तातोपानीको बाफ लिने, १५–१५ मिनेटमा तातोपानी पिउने संक्रमणले भेटिसके पछि गुर्जाे, बेसार, मेथी, चिरैतो र चिल्लो चिज नखाँने यी चिज रोग लाग्नुभन्दा अगाडि मात्रै खानुपर्दाे रहेछ । रोगले च्यापी सकेपछि यिनको सेवन भयो भने मृत्युको कारण यी नै जडिबुटी बन्ने हुँदा यो अवस्थामा पञ्च तुलसी, कोरोफिल र कस्तुरीभूषण जस्ता अनयुर्बेदिक औषधि स्वास्थ्यकर्मीको परामर्शमा सेवन गराउन लज्जाबतीको जरा अपमार्ग र कालो तिल उमालेर पानी पिउन दिने जसले निमोनिया हुन दिँदैन ।
यति गर्न सके म विश्वासका साथ भन्छु कोरोना कै कारण कुनै पनि संक्रमितको मृत्यु हँुदैन । मेरो भोगाइ र बुझाइमा जतिको मृत्यु भएको छ कि अरु रोगका कारण कि पारिवारिक सेवासुविधाको कमी र सामाजिक अपहेलना या कोरोना लाग्यो भन्ने बितिकैको डर र त्रासबाट आफू र परिवारका अन्य सदस्य सुरक्षित हुने आशामा अस्पतालमा पु¥याइ पारिवारिक जिम्मेवारीबाट पन्छिएका कारण धेरैले मृत्युवरण गर्नु परेको मेरो नितान्त अनुभव हो । त्यसैले अति सारो भएमात्रै अस्पतालको विकल्प सोचौं । माथि उल्लेख गरिएका प्रविधि र औषधि जुटाएर सेवन गर्न सके हामी जो कोहीले कोरोनालाई सहजै जित्न सकिने मेरो भोगाइ र अनुभव तपाईंको लागि पनि विपद्मा जीवन उपयोगी बन्न सकोस् रोगबाट टाढा रहे पनि रोगीलाई सधैँ नजिकबाट सेवा गरौं भन्दै अन्त्यमा समस्त देवतारुपी आफन्त, शुभचिन्तक, घरपरिवार र इष्टमित्र जसको सेवा र प्रार्थनाले मलाई बचायो तपाईहरु सबैप्रति शिर बिक्ष्याएर नमन गर्दछु ।
(कल्पित रंगकर्मी तथा नेपाल पत्रकार महासंघका झापाका सदस्य हुन् ।)