एमीटीका प्राचार्य ढकाललाई मातृशोक

१९ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

बिर्तामोड ,  एमीटी एजुकेशन फाउण्डेशन बिर्तामोडका संस्थापक तथा प्राचार्य राधेश्याम ढकाललाई मातृशोक परेको छ ।

 

 

गौरादह –७ ग्वालडुब्बा निवासी ढकालकी आमा दिव्यश्वरी ढकालको ९० वर्षको उमेरमा मंसीर १७ गते बुधबार स्वर्गारोहण भएको हो । उनी मधुमेह र उच्चरक्तचापको विरामी थिइन् ।

वि.स. २०२६देखि गौरादहको ग्वालडुब्बामा वसोवास गर्दै आएका राधेश्यामका पिता वासुदेवको २०६६ मा स्वर्गारोहण भएको थियो । उनका छ जना छोरा , दुई जना छोरी ,नाति नातिनीलगायत रहेका छन् ।

उनका छोरा–बुहारीहरूमा सीताराम(स्व.)–सरस्वती, बलराम–सोभादेवी, बाबुराम– पवित्रा, राधेश्याम–केशवी, राधाराम– गंगादेवी, रामकृष्ण –टीकादेवी ढकाल रहेका छन् ।

उनका छोराहरुमध्ये राधेश्याम एमीटी एजुकेशन फाउण्डेशन बिर्तामोडका संस्थापक तथा प्राचार्य हुन् भने रामकृष्ण कञ्चनजंघा एफएमका धार्मिक कार्यक्रम प्रस्तोता हुन् ।

त्यस्तै दुई जना छोरी–ज्वाइँहरुमा राधा–भीमप्रसाद पौडेल, दुर्गा– भीम खनाल रहेका छन् । स्व. ढकालको कन्काई पश्चिम आर्यघाटमा अन्त्येष्ठी गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here