दर्ता सहयोगीलाई अभिमुखिकरण

१९ मंसिर २०७७, शुक्रबार मा प्रकाशित
  • 1K
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

 

विमल दहाल,
माई इलाम, अपाङ्गता भएका ब्याक्तिहरुलाई स्वास्थ्य विमा गराउन दर्ता सहयोगी र सिबिआरएफका लागि एक दिने अभिमुखिकरण कार्यक्रम आज माई नगरको सितलीमा सम्पन्न भएको छ ।
हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्र्तगत अपाङ्गता भएका ब्याक्तिहरुको स्वास्थ्य विमा सहयोग कार्यक्रमलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

अपाङ्गता भएका ब्याक्ति र उनका संरक्षक सहित परिबारका पाँच जनाको बिमा गरे बापत परिवारले पाँच सय रुपैया र नगरपालिकाले ३ हजार रुपैयाको साझेदारी गर्नु पर्ने छ ।

यस आर्थिक बर्षमा चार सय परिबारलाई बिमा गराउन नगरपालिकाले १२ लाख रुपैया बिन्योजन गरिएको माईका प्रशासन शाखा प्रमुख नबिन कुमार पौड्यालले जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रममा माई नगरपालिका भित्रका ८ जना दर्ता सहयोगी र ६ जना समुदायमा आधारित पुर्नस्थापना सहजकर्ता ९सिबिआरएफ०हरुको सहभागिता रहेको थियो । प्रशासन शाखा प्रमुख नबिन कुमार पौड्याल र जन स्वास्थ्य निरिक्षक पुष्कर कट्टेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा दर्ता सहयोगीहरु पुष्पा गिरि, पुष्प खनाल, नरबीर तामाङ्ग, कल्पना न्यौपाने, शुशिला आचार्य, प्रतिमा न्यौपाने लगायतले कार्यक्रम प्रभाव र समस्याका बारेमा आ–आफ्नो बिचार राख्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here