होमप्रकाश अधिकारी
बाह्रदशी, बाह्रदशी गाउँपालिकामा रहेका २१ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गा सहायक सामग्री बितरण गरेको छ ।
गाउँपालिका भित्र बसोवास गर्ने त्यस्ता व्यक्तिको पहिचान गरी अपाङगता सहायता सामग्री तथा ब्रेनलिपि प्रदान गरिएको हो । गाँउपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरिएको छ ।
सहयोग सामग्री पाउनेहरुमा पुष्पलाल भण्डारी, प्रितिका सुवेदी, रामकुमार मण्डल, भीमप्रसाद राजवंशी, नरबहादुर ताजपुरिया, निर्मला बुढाथोकी, पंकज पडिण्त, रामबहादुर राईलाई एक–एक थान ह्वलचियर प्रदान गरिएको छ ।
त्यस्तै दमन्ता खरेललाई वैशाखी, प्रदान गरियो भने अमालो मिया, कारफुन बेगम, नामदिङ्हाङ योङहाङ, डल्लु सार्की, नरबहादुर पुरी, तुलसादेवी धिताल, दलबहादुर थापा, हरिप्रसाद सुवेदी र मानबहादुर घिमिरेलाई हियरिङ्ग एड्स प्रदान गरियो ।
फिपरानी लिम्बूलाई सेतो छडी प्रदान गरियो भने मनिका चौहान तथा कल्पना बस्तोलालाई ब्रेनलिपि प्रदान गरिएको थियो । कार्यक्रममा अपाङ्ग समन्व्य समितिका संयोजक रत्नाकुमारी राजवंशी, बाह्रदशी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रकुमार गुरागाई, जनप्रतिनिधि शान्ता पोख्रेल लगायतले बोलेको कार्यक्रममा स्वागत अपाङ समन्व्य समितिका सदस्य सन्तोष सुवेदीले गरेको गाँउपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिए ।