साहित्य चौतारी झापाद्वारा स्वरसम्राट नारायण गोपालको सम्झना

0
891

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

साहित्य चौतारी झापाले स्वरसम्राट नारायण गोपालको ३० औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

 

साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षता तथा साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक शिवशंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीत उपाध्यक्ष कृष्ण योञ्जनले स्वागत गरेका थिए ।

प्रमुख अतिथि सल्लाहकार संयोजक शिवशंकर थापाले स्वरसम्राट नारायण गोपालले गाएको गल्ती हजार हुन्छन् …भन्ने गीत गाएर उद्घाटन गरेको कार्यक्रममा स्वरसम्राट नारायण गोपालको स्मृतिमा एक मिनेट मौनधारण र सामुहिक राष्ट्रगान गाएर उनीप्रति श्रद्धाञ्जलि अपर्ण गरिएको थियो ।

 

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ, मनिका चुडाल, युवराज पोर्तेल लगायतले स्वरसम्राट नारायण गोपालले गाएको म मरे पनि … राष्ट्रिय गीत गाएर शुभारम्भ गरिएको कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ र मनिका चुडालले सिरीमा सीरी नि कान्छा .., सल्लाहकार हस्त परियारले आँखा छोपी नरोउ भनी .., चेतन चुडालले वीरही माया अधुरो रह्यो…, जीवन धितालले लौ सुन म भन्छु…, मणी वर्देवाले तिम्रो जस्तो मुटु …,कृपा पौडेलले प्रेमको माला.., अनुजा कडरियाले तिम्रो जस्तो मुटु …, समिर खरेल , हरि दाहाल ,लगायतले गीत प्रस्तुत गरेर स्वरसम्राट नारायण गोपालप्रति सम्मान दर्शाएका थिए ।

 

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षिका उर्मिला विमली श्रेष्ठ , गौरव श्रेष्ठ, गर्ग श्रेष्ठ , सल्लाहकारहरु कृष्णप्रसाद पौडेल, कार्यसमितिका उपाध्यक्ष कृष्ण सुवेदी निराकार , कोषाध्यक्ष भवानीप्रसाद गौतम, सचिव दिलिप घिमिरे, सदस्यहरु विमला चिमरिया , सरगम संगीतालयका प्रवन्ध निर्देशक दिपक रायमाझी , रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानका सचिव यज्ञराज ओली (गोपाल), साहित्यकार देवीचरण भण्डारी , अनीरुद्र ओली , चित्रा कोइराला , टीका भट्टराई नेपाल , कुमार श्रेष्ठ , विवेक बराल , कुमार कडरिया लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा रतन निरौला , कृष्ण सापकोटा , राजेश अधिकारी ,समिर खरेलले वाद्यवादकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाकी सहसचिव खगिन्द्रा खुशीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here