प्रधानमन्त्री ओलीकै गृह जिल्लामा राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै प्रर्दशन

0
2430

सुरेन्द्र भण्डारी

झापा, जनआन्दोलनकै झल्को दिनेगरी झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै शक्ति प्रर्दशन गरेको छ ।
२४० वर्ष लामो राजतन्त्र नेपालबाट हटेको १२ वर्षपछि देशभर नै राजतन्त्रको पक्षमा शक्ति प्रर्दशन गरिदै आएको छ । यसै क्रममा झापाको काँकरभिट्टाबाट बिर्तामोडसम्म १५ औं हजार जनाको सहभागीतामा राप्रपा नेपालले राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै प्रर्दशन गरेको हो ।

काँकरभिट्टाबाट शुरु भएको ¥याली बिर्तामोडमा आएर कोण सभामा परिरण भएको थियो । सभामा राप्रपाका नेताद्वय राजेन्द्र लिङ्देन र राम थापाले सम्बोधन गरेका छन् ।
बिर्तामोडस्थित मुक्ति चौकमा सम्वोधन गर्दै नेता लिङ्देनले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै संघीयता खारेर गरेर बलियो स्थानीय तह बनाउनु पर्ने धारणा राख्नुभयो ।
उहाँले अहिलेको व्यवस्था नै गलत रहेको भन्दै यो व्यवस्थाको अन्यका लागि जन दवाव सृजना गर्नु पर्ने बताउनु भयो । दुई तिहाईको सरकरा भष्ट्रचारमा चुलुम्म डुवेको भन्दै देशलाई समेत डुवाएको लिङ्देनको आरोप छ । राजसंस्था ठीक भएन भन्दै हटाएपछि एकद नेतालाई मात्र फाइदा भयो पार्टीका महामन्त्री समेत रहेका लिङ्देनले भननुभयो – यो व्यवस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा पुग्यो, प्रचण्डलाई फाइदा पुग्यो होला तर, तपाई हामीले के पायौं ।
अहिलेको सरकार सत्ता रक्षाका लागि मात्रै केन्द्रीत रहेकाले यो व्यवस्था ठीक नभएको नेता लिङ्देनको भनाई थियो ।

मुलुक हाँक्न राजा अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, सिमित संख्यामा सांसाद,सांसदले मन्त्री हुन नपाउने व्यवस्था सहित पूर्ण समानुपातिक संसदीय व्यवस्था,प्रदेशको खारेजी र वलियो स्थानीय तह हुनुपर्छ नेता लिङ्देनले भन्नुभयो – अब हामी त्यो वाटोमा लाग्न जरुरी देखिएको छ ।

संविधान वेद, वाइवल र कुरान जस्तो नभई फेर्ने नहुने चिज होइन नेता लिङ्देनले भन्नुभयो – संविधान संशोधन गर्दै मुलुकमा अब राजा सहितको व्यवस्था ल्याउन सबै जुट्नु पर्छ ।
महामन्त्री लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहसँग सल्लाह गरेर राजसंस्था चाहिन्छ नभनेको बताउनुभएको छ । देशभर राज संस्था तथा हिन्दु राष्ट्र पुनःस्थापनाको लागि प्रदर्शन भइरहेको छ , यो हाम्रो मात्र माग होइन सारा नेपालीको माग हो – लिङ्देनले भन्नुभयो ।

प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेता लिङ्देनले अहिलेको प्रदर्शन शुरुवात मात्र भएको चेतावनी दिनुभयो । उहााले भन्नुभयो – ‘यो प्रदर्शन कास्टिङ मात्र हा े। क्लाइमेक्स आउन बाँकी नै छ ।’
‘मुलुकमा अहिलेको जुन प्रणाली छ, त्यसले देशलाई निकास दिन सक्दैन नेता लिङ्देनले भन्नुभयो – राजसंस्था फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
झापाको काँकरभिट्टामा पृथ्वीनारायण साहको तस्वीरमा माल्यापर्ण गर्दै शुरु गरिएको ¥यालीमा राप्रपा मात्र नभई अन्य पार्टीका नेता तथा कार्यकर्ता समेत स्वतस्र्फत सहभागी थिए ।
गत १७ कात्तिकमा वीर गोर्खाली अभियानको व्यानरमा बुटवलमा राजाको पक्षमा प्रदर्शन गरियो भने कात्तिक २५ मा राष्ट्रवादी नागरिक समाजले काठमाण्डौमा अनि कात्तिक २७ मा नेपाल विद्वत् परिषदले विराटनगरमा प्रदर्शन गरेको थियो ।

गता मंसीर ४ गते स्वतन्त्र देशभक्त नागरिकले सुदूरपश्चिम धनगढीमा तथा मंसिर १० गते पश्चिमाञ्चलवासी नेपाली जनताको व्यानरमा पोखरामा र सोही दिन नेपाल राष्ट्रवादी समूहले जनकपुरमा पनि राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन भयो । मंसीर १४ मा २०४७ को संविधान पुनःस्थापना अभियानले हेटौडा र १५ मंसीरमा राष्ट्रिय शक्ति समूहको व्यानरमा प्रदर्शन गरेको थियो ।

संघीय राजधानी काठमाडौंमा राजतन्त्रको माग गर्दै मोटरसाइकल ¥याली निकालियो । त्यसपछि सर्लाही, हेटौंडा, जनकपुर, बुटबल, पोखरा, चितवन, धनगढी विराटनगर हँुदैं आज झापमा ¥यालीको आयोजना गरिएको हो । सोही क्रममा
झापामा पनि लोकतन्त्र स्थापना पछि पहिलो पटक यति धेरैको संख्यामा राजा र राजसंस्थाको पक्षमा यति ठूलो प्रर्दशन भएको हो ।

राप्रपाका जिल्ला अध्यक्ष अम्बर बिष्टको सभापतित्वमा भएको ¥यालीको उद्घाटन पार्टीका महामन्त्री तथा राप्रपा सांसद् राजेन्द्र लिङ्देन् , राप्रपाका केन्द्रीय सचिवालय सदस्य भक्ति सिटौलालगायतका केन्द्रीय र जिल्ला तहका नेताहरुले संयुक्त रुपमा गरेको पार्टी सचिव केशव ओझाले जानकारी दिनुभयो ।

¥र्यालीमा राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जस्ता नारा र झाँकी प्रदर्शन गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा भएको प्रर्दशनलाई नेकपा, नेपाली कांग्रेस, मधेशवादी दलका केही नेता तथा कार्यकर्ताले समेत समर्थन जनाउँदै सहभागी भएका थिए ।
राप्रपा अग्र पंक्तिमा रहेर गरिएको प्रर्दशनलाई उच्च प्राथमिकतामा राखेर हेर्नु पर्ने कतिपयको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here