काँकडभिट्टामा चार जना महिला स्वयमसेविकलाई सम्मान

0
1387

काँकडभिट्टा ।

१७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसका अवसरमा शनिवार काँकडभिट्टामा चार जना महिला स्वयमसेविकलाई सम्मान गरिएको छ ।

कोभिड १९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य, महिला सामुदायिक स्वास्थ स्वयमसेविकाको भूमिका अपरिहार्य  भन्ने नारासहित मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा काँकडभिट्टा स्वास्थ्य केन्द्रमा आयोजना गरेको कार्यक्रममा वडानम्वर ५ कि देविमाया गिरी,६ कि कमला ठकुरी, ७ कि निर्मला राजवंशी र ८ कि देविकालाई नगदसहित सम्मान र पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ खतिवडा अनमि विद्या शिवाकोटीलगायले नगदसहित अविर टीकाले सम्मानसहित पुरस्कृत गर्नुभएको थियो ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविकाले समाजमा पुर्याएको योगदान विर्सन नहुने प्रमुख खतिवडाको भनाई थियो । महिला स्वास्थ्य स्वयमसेविकाहरू देविका गिरी, तारा भण्डारी,घना बुडाथोकीले राज्यले अहिलेसम्म महिला स्वास्थ स्वयम् सेविकालाई पर्याप्त सेवा सुविधा नदिएको गुनासो गर्नुभयो ।

स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी विष्णु घिमिरे सञ्चालन गरेको कार्यक्रममा अनमि भद्रिका विशुंखेले सवैलाई स्वागत गर्नुभएको थियो । स्वागत तथा सम्मान पछि महिला स्वास्थ्य स्वयमसेविकासहितको र्यालीले काँकडभिट्टा बजारको मुख्य भागको परिक्रमा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here