विरोधमा उत्रँदै कांग्रेस

0
744

बिर्तामोड ।

तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अपमानजनक ढंगले गिरफ्तार गरेको घटना प्रति नेपाली कांग्रेस झापाले खेद व्यक्त गर्दै विरोधस्वरुप मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको छ ।

र्यालीपछि बिर्तामोडको मुक्तिचोकमा बिरोधसभा गर्ने नेपाली कांग्रेस झापाको आइतबार बसेको बैठकले निर्णय गरेको हो । सरकारको कार्यशैलीप्रति बिरोध जनाउँदै यही मंसीर २९ गते ¥याली र बिरोधसभा गर्न लागिएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए ।

सरकारलाई दवाव दिन सुरुङ्गाबाट बिर्तामोडसम्म मोटरसाइकल ¥यालीको आयोजना गरी बिर्तामोडको मुक्तिचोकमा बिरोधसभा आयोजना गरिएको उनले बताए । नेपाली कांग्रेस केन्दीय समितिको गत मंसीर १९ गते सम्पन्न बैठकको देशका सतहत्तरै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय र निर्देशन अनुसार उक्त कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्र्बद्धन, कोभिड–१९को उपचार र नियन्त्रणमा सरकारले गरेका भ्रष्टाचार र कमिशनको बिरोध, स्थगित संघीय संसदको बैठक अविलम्ब बोलाउन र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहँुमा गरिएको दुव्र्यवहारकोबिरूद्धमा आयोजना गरिएको मोटरसाइकल र्याली र बिरोधसभामा सहभागिताका लागि सम्पूर्ण लोकतन्त्रवादी महानुभावहरुमा उनले आग्रह गरेका छन् ।

नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको अध्यक्षतामा भएको वैठकमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, आमन्त्रित केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, दिलीप राई, पूर्व सांसद डिल्लीप्रसाद सिटौला, पार्टीका जिल्ला समिति, प्रदेश समिति, महासमिति र महाधिवेशन प्रतिनिधि, शुभेच्छुक र भ्रातृ संगठनका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here